१८ मंसिर २०८१, मंगलबार | December 3, 2024

ओलीले डेडिकेटेडको महशुल नतिर्ने उद्दोगको लाइन जोड्न वाध्य पारेपछि…


November 12, 2024
332
Shares

काठमाडौं, २७ कात्तिक । डेडिकेटेड लाइन काटिएपछि उद्दोगीहरु शक्तिकेन्द्र धाउन थाले विगतमा जस्तै । उनीहरु यतिसम्म शक्तिशाली देखिएकि मन्त्रिपरिषदबाट निर्णय गराएर लाइन काट्न वाध्य पारे । तर, नेपाल विद्युत प्राधिकरणको सोमबारको बोर्ड बैठकले कुनै निर्णय लिन सकेन । मंगलबार फेरि बैठक बस्यो र लाइन जोड्ने निर्णय लियो ।

२२ अर्ब विद्युत महशुलको बक्यौता तिर्न बाँकी भएपनि केही उद्दोगी हात धोएर लागे महशुल नतिर्न । उनीहरुले केपी शर्मा ओलीको टिमलाई समेत प्रभावित पारेर महशुल नतिर्ने र लाइन पनि जोड्ने निर्णय गराउन सके ।

विगतमा पनि केही उद्दोगी यस्तै गर्दथे । अधिकांश उद्दोगी बक्यौता तिर्न तयार भएपनि साहिल र सुलभ अग्रवालसहित केही उद्दोगी कमिशनको खेल खेलेर लाइन जोड्न वाध्य पार्न सक्रिय भएका थिए ।
प्राधिकरणले लाइन जोड्ने निर्णय लिएपनि अदालतको यो विषय प्रवेश गरेको छ । सर्वोच्चमा निर्णयविरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया