१४ कार्तिक २०८१, बुधबार | October 30, 2024

कुलमान लाइन काट्ने, मन्त्री खड्का लाइन जोड्न लागिपर्ने


October 29, 2024
747
Shares

काठमाडौं, १३ कात्तिक । कहीं नभएको जात्रा हाडीगाउँमा । राज्यलाई विद्युतको महशुल तिराउन वाध्य पार्ने गरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ रणीतिक तरिकाले बढ्दा ऊर्जामन्त्री दिपक खड्का भने महशुल नतिर्ने उद्दोगीको पक्षमा उभिएका छन् ।

कुलमानले महशुल नतिर्ने उद्दोगको लाइन काट्न थापेपछि केहीले तिर्न थालेका छन् । डेडिकेटेड र ट्रंक लाइनवापत्को महशुल नतिरेका उद्दोगीको लाइन जोड्ने उपाय सुल्झाइरहेका छन् मन्त्री खड्का । उनले अदालतको बाटो समेत देखाएका छन् उद्दोगीलाई ।

त्यसो त २२ अर्ब पुगेको महशुलमा ब्याज छुट गर्दै ८ अर्ब तिर्ने अवस्था सृजना गरिएको छ । यसबाट उद्दोगीलाई यसै पनि लाभ पुगेको छ । ८ वर्षअघिको महशुल नतिरेर उनीहरुले तिर्नुपर्ने रकमको ब्याजको फाइदा लिइसकेका छन् । तैपनि महशुल तिर्न आनाकानी गरिरहेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले महशुल नतिर्ने उद्दोगीलाई नै लाभ हुने गरी कदम चालिरहेको छ । यसले सत्तामा रहेकाहरु राज्यलाई नोक्शान पुर्याउन उद्धत रहेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया