रवि लामिछानेका काण्डः अमेरिकामा कर छलीको मुद्दादेखि नेपालमा सहकारी ठगीसम्म
काठमाडौं,६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अमेरिकादेखि नेपालसम्म काण्डैकाण्डको बीचमा देखिएका छन् । संयुक्त राज्य अमेरिकामा लामिछानेविरुद्धका आठवटा मुद्दामा तीनवटा अझै विचाराधीन छन् । मेरिल्यान्ड राज्यमा सन् २०१८ देखि २०२० बीच परेका आर्थिक अपराधसँग सम्बन्धित मुद्दा छन् । स्टेट ज्युडिसियरी केस रेकर्ड्सबाट प्राप्त प्रमाणमा आठवटा मुद्दामध्ये एउटा मेरिल्यान्ड सरकारलाई करछली ९ट्याक्स इभेजन० गरेको र बाँकी सातवटा विभिन्न वित्तीय संस्था एवं कम्पनीहरूलाई रकम भुक्तानी नगरेका मुद्दा छन् ।
दुईवटा मुद्दाको प्रकारमा ‘सीएन’ अर्थात् क्रिमिनल नन–ट्राफिक उल्लेख छ । जुन आपराधिक प्रकृतिको रहेको कानुनका जानकारहरू बताउँछन् । दुई मुद्दामध्ये एक रेइनहार्ट फुड सर्भिसले १९ जुन २०१८ मा टावसन जिल्ला अदालतमा दायर गरेको पाइन्छ । दर्ता नम्बर ०८०४००१९१६५२०१८ को मुद्दामा कम्पनीले �
