२ कार्तिक २०८१, शुक्रबार | October 19, 2024

रवि लामिछानेले भनेः यीनीहरुले ज्युँदो मलाई छाडे भने…


October 18, 2024
3.9k
Shares

काठमाडौं, २ कात्तिक । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो ज्यान लिने षड्यन्त्र भएको आरोप लगाएका छन् । उनले पक्राउ पूर्जी बुझेर हस्ताक्षर गरेपछि आफ्नो ज्यान लिने षड्यन्त्रको आरोप लगाएका हुन् ।

रविले भने, ‘म बाँचे भने यीनीहरुले ज्युँदो मलाई छाडे भने सब भ्रष्टाचारी जतिलाई जेल लाने हस्ताक्षर गर्नेछु ।’

लामिछाने निकै आक्रोशित देखिएका थिए । उनले भने, ‘यो हातले आज यसमा हस्ताक्षर गरेको छ, यही हातले कैयौं भ्रष्टाचारीलाई थुन्ने कार्यमा हस्ताक्षर गर्नेछु ।’

उनले पत्नी निकिता पौडेलसँग भने, ‘मैंले अपराध गरेको छैन । तिमीलाई सबै थाहा छ ।’

प्रतिक्रिया