२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

रवि र माधवको दल फुटाउने ओलीको योजना के होला ?


October 18, 2024
747
Shares

काठमाडौं, २ कात्तिक । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल विभाजनलाई सजिलो बनाउन खोजेको सूचना पाएपछि शुक्रबार विहान माओवादी, रास्वपा, नेकपा एससहितको विपक्षी दलको बैठक बसेको छ । बैठकमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै प्रतिकार गर्ने निर्णय आएको छ ।

दशैं सकिएलगत्तै ओलीको नयाँ रणनीति बाहिर आउन थालेको छ । उनले विशेषगरी माधव नेपाल नेतृत्वको नेकपा एसलाई तारो बनाएका छन् । १० जना सांसद रहेको नेकपा एस फुटाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजिएको छ । अहिलेको नियमावली अनुसार नेकपा एस फुट्न मिल्दैन । तर, अध्यादेशमार्फत् फुटाउन खोजिएको छ ।

नेकपा एसमा प्रेम आलेलगायत सांसदहरु असन्तुष्ट छन् । उनीहरुलाई लगाएर एस फुटाउन खोजिएको छ । तर, अध्यादेश विना त्यो सम्भव छैन ।

रास्वपाका २१ सांसद छन् । उक्त दल पनि तारोमा परेको छ ओलीको । काँग्रेस सभापति शेरबहादुर देउवा पनि रास्वपा फुट चाहन्छन् । रास्वपाभित्र पनि असन्तुष्ट पक्ष भित्र भित्र सक्रिय छ । उक्त दल फुटाउने योजना चलिरहेको छ । यसलाई रोक्न विपक्षी दल एक भएका छन् ।

प्रतिक्रिया