२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

भारतको पश्चिमासँग किन बढ्यो टकराव


October 18, 2024
332
Shares

एजेन्सी, २ कात्तिक । भारतको क्यानडासँग टकराव बढेको छ । क्यानडामा सक्रिय भारत टुक्राउने गतिविधिमा लागेका खालिस्तानी समूहको विषयले टकराव बढेको हो ।

खालिस्तानी नेताको क्यानडामा भएको हत्यामा भारतको संलग्नताको आरोप लगाइएको छ । क्यानडाको आरोपलाई भारतले खण्डन गरेको छ । तर, क्यानडाले अमेरिकाको खुफियाबाट समेत पाएको सूचनाको विषय उठाएको हो ।

अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डबीच विशेष सम्बन्ध छ । यी देशहरु अलग भएपनि उनीहरुमा सांस्कृतिक र धार्मिक समानता मात्र नभई सुरक्षासम्बन्धी विशेष सम्बन्ध पनि छ । एक अर्काको सूचना आदानप्रदान गर्छन् उनीहरु ।

अहिले क्यानडासँग भारतको टकराव एउटा देशसँग मात्र सिमित मान्न मिल्दैन । उसको चीसोपन अमेरिकासँग पनि हो भन्ने सन्देश गएको छ ।

विशेषगरी भारतले रुससँग सम्बन्ध बलियो बनाएको छ । सैन्य सम्झौता पनि छ । युक्रेन हमलामा भारतले रुसको विषयमा तटस्थ भूमिका खेलिरहेको छ । यसप्रति अमेरिकाको असन्तुष्टि देखिन्छ । रुससँग भारतले ठूलो मात्रामा कच्चा तेल खरिद गरिरहेको छ । यसमा पनि अमेरिका असन्तुष्ट छ ।

अहिले भारतमा पृथकतावादीहरुलाई अमेरिका, क्यानडा जस्ता देशले प्रश्रय दिइरहेको विषय उठिरहेको छ । यसकारण पनि भारतको पश्चिमा देशसँग टकराव बढेको छ ।

प्रतिक्रिया