२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन जय नेपाल फाउण्डेसनलाई देउवाको आग्रह


October 16, 2024
2.2k
Shares

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न जय नेपाल फाउण्डेसन जस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

आफ्नै निवास वुढानिलकण्ठमा बुधवार जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले जय नेपाल फाउण्डेसनले चेतनाको वाहक वनि लोकतान्त्रिक विधि र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जन अधिकारको रक्षाका निम्ति सशक्त आवाज उठाउन उल्लेख्य भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले नेपाली कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउण्डेसनलाई आग्रह गरे ।

नेपालमा मात्र होईन बिश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकतावद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन समेत स्थापना भएकोमा खुसी व्यक्त गर्दै देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए ।

स्मारिका सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि,उद्धेश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराए ।

सो अवसरमा जय नेपाल सन्देशका प्रधान सम्पादक प्रा.डा. धनेश्वर नेपाल र फाउण्डेसनका संस्थापक सदस्य सचिब एवं प्रकाशन तथा प्रचार विभाग प्रमुख बिजयराज अधिकारीले स्मारिकामा समेटिएका बिषयवस्तु र बिचारहरुबारे सभापति देउवालाई संक्षिप्त जानकारी गराएका थिए । स्मारिका सार्वजनिक कार्यक्रममा जय नेपाल फाउण्डेसनका संस्थापक सदस्यहरु योगेन्द्र राई, राम बहादुर रोकाय, प्रकाश रावल र शान्ता तामाङ लगायत सहभागिता थियो ।

जय नेपाल फाउण्डेसन नेपालभित्र रहेका तथा विश्वभर छरिएका नेपाली युवाबीच सहकार्य, सहयोग र सद्भाव वढाउने उद्धेश्यले स्थापना भएको गैरनाफामुलक संस्था हो । जय नेपाल फाउण्डेसनको केन्द्रीय समिति, ७ वटै प्रदेश, ७७ वटै जिल्ला एवं पालिका तहसम्म संरचना विस्तार भएका छन् । अमेरिकामा जय नेपाल अन्तराष्टिय फाउण्डेसन कृयाशिल छ भने यस अन्तरर्गत विभिन्न देशमा ३० भन्दाबढी शाखाहरु विस्तार भएको छ ।

नेपाल विद्यार्थी संघका पुर्वमहामन्त्री तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त युवा वैज्ञानिक प्रा. डा. यादव पण्डितले जय नेपाल इन्टरनेसनल फाउण्डेसनको नेतृत्व गरेका छन् । फाउण्डेसन अन्तर्गत अन्तराष्ट्रिय नलेज नेटवर्क, मिडिया नेटवर्क, युथ नेटवर्क र ओमन नेटवर्क समेत कृयाशिल रहेका छन् ।

प्रतिक्रिया