३० आश्विन २०८१, बुधबार | October 16, 2024

विश्वप्रशिद्ध उद्दोगी रतन टाटा रहेनन्


October 10, 2024
2.2k
Shares

एजेन्सी, २४ असोज । विश्वप्रशिद्ध उद्दोगी रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ । बुधबार साँझ उनको निधन भएको टाटा समूहले जानकारी दिएको हो ।

टाटा अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त उद्दोगी हुन् । उनले २ दशक टाटा समूहको नेतृत्व गरे । उक्त समूहले ६ लाख ६० हजारलाई रोजगारी दिइरहेको छ ।

भारतको सबैभन्दा ठूलो मध्येको उद्दोग चलाइरहेको टाटा ग्रुपले वार्षिक एक सय अर्ब डलरभन्दा बढी कारोबार गर्दै आएको छ ।

नूनदेखि सफ्टवेयरसम्मको कारोबार गर्ने टाटा समूह अन्तर्गत एक सयवटा कम्पनी छन् । १५५ वर्षअघि जम्सेदजी टाटाले टाटा समूहको स्थापना गरेका हुन् । त्यसपछि टाटाका विभिन्न पुस्ताले उक्त समूहको नेतृत्व लिदै आएको छ ।

सने १९३७ मा जन्मिएका रतन टाटा पार्सिस वंशका हुन् । उक्त वंश १०औं शताब्दीमा इरानबाट भारतमा शरणार्थीका रुपमा बसाईँसरेको मानिन्छ । इरानमा अरबहरुले युद्ध जितेपछि इस्लाममा रुपान्तरण गर्न खोजिएको थियो । त्यस क्रममा कतिपय समुदाय भारतमा शरणार्थीका रुपमा गएका थिए । रतन टाटाको वंशज त्यही हो ।

रतन टाटा आफै पाइलट हुन् । लाइसेन्सप्राप्त पाइलटका रुपमा उनले काम पनि गरे ।

जतिसुकै कठिन घडीको सामना गरेर काम गर्न सक्ने खूबी टाटामा देखियो । २६ नोभेम्बर २००८ मा मुम्बईमा ताज महल प्यालेसमा आतंकवादी हमलापछि ११ कामदार पनि मारिए । टाटाले मृतकका परिवारलाई जीवनभर तलब दिने घोषणा गरे । उनले होटल पुनः निर्माणका लागि १ अर्ब डलर खर्च गरे ।

टाटा समूहले सामाजिक कार्यमा उत्तिकै योगदान गरेको छ । भारतका विद्यार्थीका लागि वार्षिक हजारौं विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । जसमा विद्यावारिधी गर्ने विद्यार्थी सम्मका लागि कार्यक्रम रहेको छ ।

प्रतिक्रिया