३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

बाढीपहिरोबाट अझै १८ वेपत्ता


October 7, 2024
913
Shares

काठमाडौं, २१ असोज । असोजको दोस्रो साता अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी अझै १८ जना वेपत्ता छन् । उनीहरुको खोजीकार्य भइरहेको छ ।

वेपत्तामध्ये अधिकांश बाढीले बगाएका छन् । काभ्रे र ललितपुरमा बाढीले बगाएकाहरुमध्ये १८ अझै वेपत्ता भएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार ११ र १२ असोजको बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको छ । जसमध्ये काठमाडौं उपत्यकामा ७०, बागमती प्रदेशमा १३९ जना रहेका छन् । कोशी प्रदेशमा २०, मधेश प्रदेशमा ९ र लुम्बिनीमा २ जनाको मृत्यु भएको हो ।

बाढीले सबैभन्दा बढी क्षति दक्षिणी ललितपुर र काभ्रेको पश्चिम र दक्षिण भेगमा परेको छ ।

अविरल वर्षापछि आएको बाढीले वीपी राजमार्गमा सबैभन्दा बढी क्षति पुगेको छ । राजधानीलाई पूर्वी नेपालसँग जोड्ने मुख्य सडक अवरुद्ध छ ।

रोशी र कोशी नदीले सबैभन्दा बढी क्षति पुर्याएको छ । ललितपुरको गोदावरी, कोट्कु र नख्खु खोलाले बढी क्षति पुर्याएको छ ।

प्रतिक्रिया