३० आश्विन २०८१, बुधबार | October 16, 2024

बाढीपहिरोले विध्वंश मच्चाउनसक्ने जान्दा जान्दै जिम्मेवार अधिकारी को कता


October 1, 2024
1.2k
Shares

काठमाडौं, १५ असोज । देशमा गत हप्ता लगातार केही दिन भारी र मध्यम वर्षा हुने पूर्वानुमान मौसम विभागले दिइरहेको थियो । गृह मन्त्रालयले उच्च शतर्कता अपनाउन भनिरहेको थियो । तर, देशमा विपत व्यवस्थापनसँग जोडिएका जिम्मेवार अधिकारी भने आफ्नै मस्तीमा थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो अमेरिका शयरमा रहे । उनी संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएका थिए तर त्यसबाहेक विभिन्न विश्वविद्यालयमा प्रवचन दिदै हिंडे । यता बाढीपहिरोले शनिबार विध्वंश नै मच्चायो ।

गृहमन्त्री रमेश लेखक देशमै थिए । उनी साँढुलाई सर्वोच्चको न्यायाधीश बनाउन मरिमेटेर लागेका थिए । शुक्रबार उनको सक्रियता बल्ल पूरा भयो र न्यायपरिषदले दुई न्रुयायाधीश सिफारिश गरेकोमा उनका साँढु पनि परे ।

अर्थमन्त्री विष्णु पौडेल चीन शयरमा थिए । मुख्यसचिव एकनारायण अर्याल शुक्रबार गृहजिल्ला स्याङ्जा पुगेर सम्मान थाप्दै थिए ।

नेपाल प्रहरीका आइजीपी बसन्त कुँवर ग्रीस गएका थिए । उनी बाढीपहिरोले विध्वंश मच्चाएपछि पनि उतै छन् ।

यतिसम्मकी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल पनि बेलाउत उडे शनिबार । यसबारे देशका जिम्मेवार व्यक्ति जिम्मेवारी बहन गर्नेभन्दा विदेश शयरमा मस्त हुने गरेको तथ्य यसबारे देखिन्छ ।

प्रतिक्रिया