८ आश्विन २०८१, मंगलबार | September 24, 2024

युवतीले विवाह अस्वीकार गरेपछि बलात्कार र एसिड प्रहार गर्ने धम्की


September 24, 2024
83
Shares

८ असोज । विवाह गर्न नमानेको भन्दै एक युवतीलाई बलात्कार र एसिड प्रहार गर्ने धम्की दिइएको छ । यति मात्र होइन, त्यो आरोपी युवकले युवतीका दिदीका छोराहरूलाई अपहरण गरेर युवती बस्ने स्थानलाई अर्को कोलकाता बनाउने धम्की पनि दिएका छन् ।

उजुरी पाएपछि प्रहरीले जाहेरी दर्ता गरी अभियुक्तको खोजी सुरु गरेको छ । बाबुको मृत्युपछि मजदुरी गरेर परिवारको आर्थिक बोझ आफैंले धानिरहेको ती किशोरी जब घरबाट निस्कन्छिन्, छिमेकमा बस्ने सैफ उनको पछि पछि लाग्छन् । किशोर युवतीलाई कार्यालयसम्मै पछ्याउँछ र विवाहको लागि दबाब दिन्छ ।

त्यतिमात्र कहा होर युवकले किशोरीले बिहे गर्न अस्वीकार गरेमा एसिड खन्याएर अनुहार बिगार्ने धम्की पनि दिएको छ । ति किशोरीलाई धम्की दिँदै युवकले छतबाट घरभित्र पसेर बलात्कार गर्ने र उनका दिदीका छोराछोरीलाई अपहरण गर्ने समेत धम्की दिएका छन् । जब युवतीले यो कुरा आफ्नी आमासँग गुनासो गरिन्, तब उनीहरुले त्यो युवकको परिवारलाई यसबारे जानकारी दिए तर उनीहरूले पनि युवकलाई रोक्न सकेनन् ।

भिडियो हेर्नुहोस् ।

गत ८ सेप्टेम्बरमा युवती अफिसबाट घर आउँदै गर्दा बाटोमा ती युवकले उनको हात समातेर जबरजस्ती बाइकमा बसाउन थाले । तर ती युवती युवकको हात छुटाएर घर पुगेर परिवारलाई खबर गरिन् । परिवारका सदस्यहरूले फेरि त्यो युवकका परिवारविरुद्ध उजुरी दिएका छन् । यो घटना भारतको गाजियावादको हो ।

प्रतिक्रिया