८ आश्विन २०८१, मंगलबार | September 24, 2024

रास्वपालक्षित थापाको टिप्पणी, ‘कम्बल ओढेर घ्यु खानेहरु झाडी भित्र लुकेका गोमन सर्प हुन्’


0
Shares

काठमाडौं, २७ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचारको चर्को विरोध गर्नेहरु नै भ्रष्टाचारमा चुर्लुम्म डुबिरहेको बताएका छन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले सांसद ढाकाकुमार श्रेष्ठको मन्त्री बन्न रकम बार्गेनिङको अडियो सार्वजनिक भएपछि रास्वपालक्षित यस्तो टिप्पणी गरेका हुन् ।

अहिले राजनीतिक बजारमा मन्त्री पदको लागी दुई करोड बुझाउनु पर्ने विषयले चर्चा पाएको भन्दै उनले यो पहिलो काण्ड भने नभएको उनको भनाई छ । भ्रष्टाचारको चर्को विरोध गर्दै देश लुट्नेहरु झाडी भित्र लुकेका गोमन सर्प हुन् भन्दै ब्यङ्ग गरेका छन् ।

‘सरकार फेर्न बिदेशीसंग ५० करोड माग्नेदेखि काम मिलाईदिए वापत करोडौं घुस वार्गेनिंग गर्नेहरु साईवर स्यालको सहयोग र राजनीतिक संरक्षणमा चुनाव जित्छन् र ठुलो नेतामा गनिने गर्छन्। भ्रष्टाचारी त अपराधी हुन्’सामाजिक सञ्जालमार्फत थापाले लेखेका छन्,‘त्यसमा कुनै विवाद नै भएन। तर कम्बल ओढेर घ्यु खाने अर्थात भ्रष्टाचारको चर्को विरोध गर्दै देश लुट्नेहरु झाडी भित्र लुकेका गोमन सर्प हुन्। यिनीहरु खतरनाक हुन्छन्।’

प्रतिक्रिया