४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आजदेखि संचालनमा आयो सुपथ मूल्य पसल


September 19, 2024
0
Shares

काठमाडौं,३ असोज। सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । संविधान दिवसको अवसर पारेर सरकारले काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालन गरेको हो ।

उपत्यकामा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि सञ्चालनमा ल्याएको चाडपर्व लक्षित सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म चल्नेछ । त्यसैगरी ४२ जिल्लाका ७४ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन ल्याएको छ ।

कम्पनीको अनुसार सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमीरगेडागुडी, फापर दाना, चिनो, कागुनो र उवा जुम्ली मार्सीमा प्रतिकिलो सात रुपैयाँ छुट पाउनेछन् ।

त्यस्तै जिउँदो खसीबोका तथा च्याङ्ग्रा र दुग्ध विकास संस्थानको घिउमा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ ।

 

 

प्रतिक्रिया