४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ज्ञानेन्द्रको अर्थमा रजाईँ अरुको मिचाईँ


August 13, 2024
3.3k
Shares

काठमाडौं, २९ साउन । अर्थ मन्त्रालयका लेखा उपसचिव ज्ञानेन्द्रराज ओझा ३ वर्षदेखि रजाईँ छ । महालेखा नियन्त्रक कार्यालयमा समेत सिण्डिकेट चलाउन र गिरोह परिचालन गर्न खप्पिस ओझा राज्यकोषमाथि ब्रह्मलुट मच्चाउँदै आएका छन् । ओझाले सडक विभागका लेखा उपसचिव रविन कोइराला, महालेखा नियन्त्रक कार्यालयका निरज केसी र स्टोर किपर हेमचन्द्र कार्कीलाई परिचालन गर्दै आएका छन् । महालेखा नियन्त्रक कार्यालयको कर्मचारी शाखा र सडक विभागमा बसिसकेका प्रकाश पुडासैनी पनि टिम ज्ञानेन्द्रभित्र पर्छन् । उनीहरुलाई सचिव हरिप्रसाद मैनालीको महत्त्वपूर्ण साथ दिएका थिए । उनी सरुवा भएर अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् । यो गिरोहले महालेखाभित्र आतंक मच्चाएको छ ।

झापा कोलेनिका, केन्द्रीय आयोजना कार्यान्वयन इकाई हुँदै अर्थ मन्त्रालय पुगेका पात्र हुन् ओझा । राष्ट्रिय बीमा कम्पनीको ६ महिने निमत्त सिईओ बन्दा ज्ञानेन्द्रले अनेक धन्दा चलाएको पाइन्छ । उनी नेपाल पुनर्बीमा कम्पनी जे बि बोडे बीमा तथा पुनः बीमा ब्रोकर प्रा.लि. र मुम्बई भारतको संयुक्त आयोजना तथा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सहयोगमा नेपालका सम्पूर्ण निर्जिवन बीमा कम्पनी प्रमुख कार्यकारी अधिकृतहरुलाई हवाइ टिकट खाना बस्न सुविधा सहित माल्दिभ्समा लगेको थियो । उक्त कार्यक्रममा सहभागी भएर नेपाल फर्किएपछि सिइओ ज्ञानेन्द्रले पाँच दिनको डिए नियमविपरीत लिएको प्रमाण तथ्य सार्वजनिक भएको थियो । ज्ञानेन्द्रले निर्वाचनमा खटिने कर्मचारीलाई बीमा गराएर मोटो कमिसन बुझेको अर्थका उच्च अधिकारीहरु बताउँछन् ।

ज्ञानेन्द्र अर्थ मन्त्रालयमा ३ वर्षदेखि बसेर रजाईँ गरिरहेका छन् । उनका चेला हेमचन्द्र कार्की महालेखा नियन्त्रक कार्यालयको स्टोर किपर ४ वर्षदेखि जमेर बसेका छन् । उनी अहिले कमिशन उठाउनेमा खप्पिस मानिन्छन् । यिनीहरुको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकाय मौन बसिदिँदा लुट धन्दा झन बढेको छ । लेखामा ज्ञानेन्द्र, हेमचन्द्रहरुको रजगजले राज्य निरीह भएको भान हुन्छ । उनीहरुलाई आइटीका विकल पौडे समूहसँग तुलना गर्न थालिएको छ ।

प्रतिक्रिया