३ आश्विन २०८१, बिहिबार | September 20, 2024

राजनीतिमा परिवारबाद हाबी,ऊर्जासिल युवाशक्ति बिदेश पलायन हुन वाध्य : गुरुङ


August 11, 2024
8.5k
Shares

काठमाडौं,२७ आइतबार । नेपाल तरुणदलका केन्द्रीय सदस्य संजिब गुरुङले सबै राजनीतिक दलभित्र परिवारबाद हाबी हुँदा अस्थिरता पैदा भएको टिप्पणी गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गुरुङले यस्तो परम्परा अन्त्य हुनुपर्ने बताएका हुन् ।

“हरेक पार्टीमा परिवारबाद हाबीले राजनीतिक अस्थिरता पैदा हुँदा ऊर्जासिल हातहरू बिदेश पलायन हुन वाध्य झोलेहरुमा चेतना नहुँदा हजुरबा नेता ! बा हरु भोटर ! यो परम्पराको अन्त्य हुन जरुरी !”–उनले लेखेका छन् ।
परिवारबाद प्रत्येक पार्टीभित्र हाबी हुँदा उर्जाशिल युवाशक्ति विदेश पलायन हुन बाध्य भएको गुरुङले उल्लेख गरेका छन् ।

केही दिन अघि बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आफ्ना परिवार र आफन्तलाई नियुक्त गर्न नपाउने निर्देशिका लागु गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया