३ आश्विन २०८१, बिहिबार | September 19, 2024

छोरीको उपचारमा खर्च जुटाउँन नसकेपछि आफ्नै मृगौला बेच्दै खडकप्रसाद शर्मा


0
Shares

काठमाडौं, २२ चैत्र । दैलेखकी १३ बर्षीय बालिका हिरा शर्माको बिदेशमा गर्नुपर्ने उपचार खर्च अभावमा उनकै बाबु खडकप्रसाद शर्माले आफ्नो मृगौला बेचेर उपचार गर्ने भएका छन् ।

भगवतीमाइ गाउपालिका ५ कट्टी,थुवा निवासी शर्माले खर्च जुटाउन नसकेपछि आफ्नो मृगौला बेचेर छोरीको उपचार गर्न लागेको बताए ।

मुत्रथैलीको समस्याबाट पीडित छोरी हिराको बिदेशमा उपचार गर्नको लागि १ लाख ५ हजार अमेरिकी डलर आवश्यक पर्ने बताए । शिक्षण पेशामा आबद्ध शर्माले नेपालका विभिन्न अस्पतालमा छोरीको उपचार गर्दा २२ लाख रुपैयाँ सकाएपनि सहि उपचार हुन नसकेको गुनासो गरे । उनले भने,‘अनुमानको भरमा देशका नाम चलेका अस्पतालमा उपचार गर्दा अहिलेसम्म दुःख गरेर जम्मा गरेको २२ लाख रुपैयाँ खर्चिए, तर छोरीको समस्या जिमका तिउँ छ । अब परिवारले खर्च धान्ने अवस्था छैन् ।’

उनले जिल्लाका जनप्रतिनिधिदेखि केन्द्रीय नेताहरुसँग हार गुहार गर्दा पनि उपचारका लागि आवश्यक खर्च जुटाउन नसकेको सुनाए । लामो सुस्केरा हाल्दै शर्माले भने,‘छोरीको उपचारका लागि साथीभाई, इष्टमित्रहरुबाट केही रकम उठेको छ । तर त्यत्ति रकम प¥याप्त छैन्, तीनै तहका सिहंदरबार प्रमुखहरुले राज्यकोषबाट गरिबले बिदेश गएर उपचार गरि बाच्ने कानुनी ब्यवस्था नभएको बताएपछि आफ्नै शरिरको अंग बेच्न लागे ।’

 

प्रतिक्रिया