५ आश्विन २०८१, शनिबार | September 21, 2024

राष्ट्रिय संयुक्त संघर्ष समितिले जेठ ७ मा शक्तिप्रदर्शन गर्ने


2.8k
Shares

काठमाडौं, ५ जेठ । राष्ट्रिय संयुक्त संघर्ष समितिले अनशनकारीका माग पुरा गर्न माग गर्दै जेठ ७ गते प्रदर्शन गर्ने भएको छ । बैशाख २४ गते देखी सुरु भएको सत्यग्रहले स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे’ भन्ने मूल नारा बनाई विभिन्न १८ बुँदे माग राखेर पटकपटक सरकार लाई खबर गर्दा पनि नसुनेपछि सत्याग्रह सुरु गरेकोमा आवाज थप बुलन्द गर्न प्रदर्शन गर्ने भएको हो ।

सत्याग्रह सुरु गरेको दिनदेखि सत्ता पक्षलाई निरन्तर दबाब दिदै आएको तर यत्रो दिन बितिसक्दा पनि राज्यको निकायले सामान्य खोजी सम्म नगरेको हुदा जनदबाब प्रदर्शन कार्यक्रम गर्ने समितिका सचिवालय सदस्य गोविन्द बिष्टले जानकारी दिए ।

आर्थिक संकटले गर्दा सम्पुर्ण क्षेत्रमा समस्यै समस्या देखा परेको हुदा समस्या समाधान गर्न सामुहिक सत्याग्रह सुरु गरेको बताए । सामुहिक बलमा आफ्ना मागहरू पुरा गर्न जनदबाब कार्यक्रम गर्न खोजेको र अनशनकारीको जिबन रक्षाको लागी जनप्रदर्शन गर्न खोजेको हो यति गर्दा नि सत्ता पक्षले नसुने अप्रिय कदम उठाउन बाध्य हुने बिष्टले बताए ।

स्वदेशमै काम गरेर खान दे , अनशनकारीका माग पुरा गर भन्दै जिबन रक्षाका लागी र्‍याली गर्दा बरु उल्टो असफल बनाउने खेल तिर सत्ता पक्ष अघि सरेको हुदा आम नागरिकलाई आआफ्नो पिडा र समस्या लाई सदाको लागी समाधान गर्न सामुहिक संघर्षमा जुट्नुको अर्को विकल्प नभएको बताए ।

उनले भने, सिंगो देश संकटमा परेको बेला सामूहिक रूपमा संघर्ष गर्नुपर्ने भएको हुँदा हामी सबैले पाटी, जाती , क्षेत्र , लिङ्ग भन्दा माथि उठेर संयुक्त रूपमा संघर्ष गरेका छौ । यो आम नागरिकको चिन्ता भएका हुदा आ(आफ्नो ठाउँबाट आफ्नो पिडा समाधान गर्न यस आन्दोलनलाई सहयोग गर्न जेठ ७ गते बिहान ११ बजे कलंकी चोकमा आउन उनले आग्रह गरे ।

सिंगो देशका नागरिकहरु पिडैपिडामा बाच्नु परेको छ । भबिस्य छैन भनेर बिदेशीनु परेको छ । व्यवसाय डुब्यो भनेर झुन्डिएर मर्नु पर्ने जुन पिडा छ अब समस्या बाट भागेर होइन अब समाधानका लागी जेठ ७ गते दिउँसो ११ बजे कलंकी चोकमा आउन समितिका सचिवालय सदस्य बिष्टले जानकारी दिए ।

प्रतिक्रिया