३ मंसिर २०८१, सोमबार | November 18, 2024

यौन र्दुव्यवहार गरेर हैरान पारेपछि मदरसाका विद्यार्थी मिलेर मुस्लिम धर्मगुरुको हत्या गरेको खुलासा


913
Shares

एजेन्सी, ३१ वैशाख । मदरसाका मुस्लिम धर्मगुरुले कम उमेरका विद्यार्थीमाथि यौन र्दुव्यवहार गर्दथे । उनीहरुले कसैलाई यसबारे भनेमा मार्ने धम्की पनि दिन्थे । यौन र्दुव्यवहारमा पर्ने विद्यार्थीलाई केही पैसा पनि दिएर फकाउँथे ।

धर्मगुरुको नियमित र्दुव्यवहारले विद्यार्थीहरु हैरान भए । उनी धेरैजसो विद्यार्थीमाथ र्दुव्यवहार गर्दथे ।

आफूहरुमाथि नियमित दुव्र्यवहार भएपछि मदरसाका विद्यार्थी एकजुट भए । उनीहरुले धर्मगुरुको हत्या गर्ने योजना बनाए ।

६ जना विद्यार्थी मिलेर धर्मगुरुलाई लाठीले कुटे । त्यसपछि डोरीले घाँटी कसेर हत्या गरे ।

यो घटना भारतको अजमरेको हो । ३२ वर्षीय मौलाना मोहम्मद माहिर नामका धर्मगुरु ८ वर्षदेखि त्यहाँको मस्जिदमा बस्दै आएका थिए । उनले यौन र्दुव्यवहार गरेका विद्यार्थीले मिलेर हत्या गरेपनि सुरुमा बाह्य व्यक्तिले हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान बढायो ।

सयौं सीसीटीभी फुटेज हेर्यौ । तर, हत्यामा बाह्य व्यक्तिको संलग्नताको कुनै भेउ मिलेन । त्यसपछि भित्रकै कसैले हत्या गरेको आशंकामा प्रहरीले अनुसन्धान गर्दा विद्यार्थी नै दोषी पाइए । अनुसन्धानका क्रममा एकजना विद्यार्थीले आफूहरुमाथिको यौन र्दुव्यवहार र अत्याचारको घटना सुनाउँदा प्रहरी नै छक्क परेको बताइएको छ ।

अजमेर प्रहरीले घटनामा प्रयोग भएको डोरी पनि फेला पारेको बताइएको छ । अप्रिल २७ को घटनाबारे तथ्य बाहिर ल्याउन प्रहरीलाई १५ दिन लाग्यो ।

प्रतिक्रिया