७ आश्विन २०८१, सोमबार | September 23, 2024

दीपेश पुनसहित ६ जना कति धरौटी तिरेर रिहा हुँदैछन् ?


747
Shares

काठमाडौं,७ वैशाख । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन ४ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको एकल इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाएर ६ जनालाई भने धरौटीमा छाड्न आदेश दिएको हो ।

सो प्रकरणमा २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा आज भएको थुनछेक बहसमा ७ जना मात्र उपस्थित भएका थिए । ती मध्ये ६ जना धरौटीमा रिहा हुने भएका हुन् ।

नवीन अछामी १० लाख, दुर्गा चापाँगाई १८ लाख, दीपक न्यौपाने ४ लाख ४५ हजार,नीता थापामगर २ लाख र रोशनी गुरुङले २ लाख रुपैयाँ धरौटी तिरेर रिहा हुन लागेका हुन् ।

सुप्रिम सहकारीका रकम वचतकर्ता १८ सय ३१ जनाले सञ्चालक र कर्मचारीविरुद्ध १ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लगाउँदै २८ जनाविरुद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया