६ आश्विन २०८१, आइतबार | September 22, 2024

रविलाई ‘गोल्डन शेयर’ गलपासो


415
Shares

काठमाडौं, ६ वैशाख । उट्पट्याङ नेपाली राजनीतिमा बिक्ने चीज बनेको छ अहिले । कुनैबेला थियो राजनीतिमा सिद्धान्त, आदर्श र व्यवार चल्थ्यो । अहिले उट्पट्याङ चलिरहेको छ । यस्तो उट्पट्याङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माहिर छन् । उनी कहिले माडीमा राम जन्मिएको भनिदिन्छन् त कहिले खुइलिएको तालुमा कपाल पलाउन थाल्यो भन्छन् त्यो पनि ७० कटिसक्दा । ओलीको यस्तै उट्पट्याङबाट मनोरञ्जन लिदै उनको पछि लाग्ने झुण्डहरु छन् जसले सञ्जाल बनाएर देशको राजनीतिलाई प्रभावित बनाउँछन् । यस्तै उट्पट्याङ व्यवहार देखाए रवि लामिछानेले । उनी बुद्ध नेपालमा जन्मिएको भन्दै नाटकी टेलिभिजन कार्यक्रम गरेर चर्चा बटुल्न थाले । जबकि बुद्ध नेपालमा जन्मिएका हुन् भन्नै पर्दैन जुन जगजाहेर छ ।

अमेरिकामा निकै विवादास्पद क्रियाकलाप गरेका रवि नेपाल आएर उट्पट्याङ गतिविधि गर्न थाले । नेपाली जनतालाई अन्याय पर्न नदिन बोलेको भन्दै जालीफटाहाको खोजी गरेजस्तो गरे । तर, उनीहरुकै सञ्जालमा जोडिए । जसको उदाहरण हो सहकारी ठग । रवि लामिछाने सहकारीमा शेयरहोल्डर बनेको र ऋणी बनेको विषयहरु आइरहेको छ । वास्तवमा उनले शेयर पैसा तिरेर पाएका होइनन् बरु गोल्डन शेयर पाएका हुन् । सहकारी सञ्चालकको ठगी पर्दाफाश गर्ने क्रममा बार्गेनिङ गर्दै रविले शेयर प्राप्त गरेको बुझिएको छ । यसको प्रमाणहरु धमाधम खुल्न थालेको छ ।

रविले सहकारीमा शेयर कसरी किने ? त्यसको छानविन भएमा उनले बार्गेनिङ गरेर गोल्डन शेयर पाएको तथ्य छताछुल्ल हुन्छ । यसले पनि उनी आत्तिएका छन् । रविले गृहमन्त्री ताक्नुको कारण पनि एक हो । रविले देशभरका अर्बभन्दा बढी निक्षेप जम्मा भएका सहकारीको लिष्ट बनाएर तिनका सञ्चालकलाई धम्काएको बुझिएको छ । उनले ती सहकारीबाट सञ्चालकबाट सकेसम्म क्यास लिएको र त्यो गर्न नसक्नेबाट शेयर लिएको खुल्दै गएको छ । सहकारी सञ्चालकहरुले सर्वसाधारणको रकम जग्गा खरिदमा दुरुपयोग गर्ने देखि विना धीतो करोडौं रकम ऋण लिएको तथ्यहरु खुल्दै गएको छ । त्यो पत्ता लगाएर रविले फाइदा लिन सकेका छन् ।

रवि नेटवर्क व्यवसायीसँग पनि जोडिएका थिए । उनीहरुले बनाएको सञ्जाललाई पनि भरपूर प्रयोग गरे । सहकारी सञ्चालक र नेटवर्क व्यवसायीकै साथमा उनी चर्चा बटुल्न र मान्छे उतार्न सफल भए । जसले उनलाई ठूलै नेता जस्तो देखाउने भ्रम फैलायो । रविले जनतामा पुराना नेताहरुप्रतिको वितृष्णालाई पनि भरपूर प्रयोग गरे । यसरी उनले २०७९ को चुनावमा फाइदा लिन सके । रविको यीनै गतिविधि पत्ता लगाएको राजीनामालाई बटमलाइन बनाएको छ । काँग्रेसले लामिछानेको राजीनामालाई जोडदार रुपमा उठाउने समेत स्पष्ट पारेको छ । काँग्रेस नेता रमेश लेखकले सहकारी ठगी प्रकरणमा लामिछानेको राजीनामा आफूहरुको बटमलाइन भएको बताए । उनले नैतिकताका आधारमा लामिछानेले राजीनामा दिनुपर्ने तर्क गरे । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानविन गर्न काँग्रेसले संसदीय छानविन समितिको माग गरेको छ ।

 

प्रतिक्रिया