६ आश्विन २०८१, आइतबार | September 22, 2024

यी हुन् इलाम-२ का २० उम्मेदवार (नाम र दलसहित)


581
Shares

काठमाडौं, २४ चैत्र । इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा २० उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मुख्य दलसहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

नेपाली काँग्रेसका डम्बर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङयाङ लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एसका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दर्ता गराए ।

राप्रपा नेपालका गणेशबहादुर चौकान, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुना, नेमकिपाका श्यामबहादुर दर्जी र विभिन्न जातीय संघसंस्थाको समर्थनमा डकेन्द्र सिंह लिम्बू थेगिमले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

केशवकुमार चापागाई, डाकप्रसाद गौतम, दिपेश बोहरा, अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया