३ आश्विन २०८१, बिहिबार | September 20, 2024

जीवन रहेसम्म पार्टी नेतृत्व नछाड्ने यीनको दाउ


2.2k
Shares

काठमाडौं, २४ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा पुगेर अझै २० वर्ष पार्टी नेतृत्व नछाड्ने बोलेर तरंग ल्याए । ७० कटेका ओली अझै २० वर्ष पार्टी नेतृत्वमा रहनु भनेको ९० कट्नु हो । उनी पछिको पुस्ता पनि ६० कटिसकेको छ । उक्त पुस्ताले २० वर्ष कुर्नुपरे नेतृत्वमा रहने छैन । यतिसम्मकी ओलीले २० वर्ष पार्टी नेतृत्वमा रहेमा एकैपटक अहिले ४० मा रहेको पुस्ता मात्र नेतृत्वमा रहनेछ या त एमाले नेतृत्व सधै ८० कटेको हुनेछ ।

माओवादी अध्यक्ष प्रचण्डले त आफू बाचुञ्जेल पार्टी नेतृत्वमा रहने संकेत गरिसकेका छन् । उनले आफूले नेतृत्व नछाड्ने बताइसकेका छन् । हुनपनि माओवादीभित्र आफूपछि कुनै नेता नेतृत्वका लागि लायक नभएको जसरी प्रचण्डले बोल्ने गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफू पछिको पुस्तालाई नेतृत्व हस्तान्तरण नगर्ने सकेत गरिसके । उनले अघिल्लो महाधिवेशनमै आफूले नछाड्ने गरी अभिव्यक्ति दिएका थिए । काँग्रेसको विधानमा दुई कार्यकाल मात्र सभापति हुने उल्लेख छ । तर, देउवाले विधान परिवर्तन गराउन सक्छन् ।

एमाले अध्यक्ष ओलीले अझै २० वर्ष नेतृत्वमा रहने गरी विधान नै परिवर्तन गराए । ७० कटेपछि नेतृत्व हस्तान्तरण गर्नुपर्ने एमालेको विधान परिवर्तन गराएका थिए ओलीले । उनले फेरि पनि विधान परिवर्तन गराउने संकेत गर्दै कपाल पुन पलाउन थालेको बताएका छन् ।

प्रतिक्रिया