६ आश्विन २०८१, आइतबार | September 22, 2024

जिबि राईको ज्यान जोखिममा


3.7k
Shares

काठमाडौं, ९ चैत्र । अहिले गितेन्द्र बाबु राई अर्थात् जिबि राई नेपालको सबैभन्दा ठूलो ठगको रुपमा चित्रित गरिएका छन् । विदेशमा लुकेर बसेका उनको नाममा रेड कर्नर नोटिश नै जारी गरिएको छ । तर, पक्राउ परेका छैनन् ।

जिबि राई पक्राउ परेभने सारा सहकारी पीडितहरूको डुबेको पैसा छुमन्तर शैलीमा रातारात उठ्छ । मुलुकका विभिन्न स्थानका सहकारी ठगीका कान्डमा उनको संलग्नता भएको भनी एकतर्फी प्रमाणहरू बाहिरिएका छन् । सार्वजनिक भएका वा देखाउन खोजिएका खबरहरूको पुष्टि गर्न वा प्रतिरक्षा गर्न नत जिबिलाई सार्वजनिक गराइएको छ, नत उनीनै मिडियाकै सम्पर्कमा छन् । एउटा यस्तो सवाल छ जसमा सायदै कसैको ध्यान छ ।

राईले त्यत्रो सहकारी ठगेर हजारौरलाखौँ बचतकर्ताको रकम हिनामिना आखिर केका लागि गरे तरु के उनले आफ्नो व्यक्तिगत फाइदा वा एक्लैका निमित्त गरेकि कसैलाई स्थापित गर्न वा रातारात हिरो बनाउन गरेरु अहिले राई संलग्न भनिएका सहकारी ठगीका सबैजसो काण्ड ग्यालेक्सी टिभीमा गएर ठोकिएको पाइएको छ । आखिर राई आफैँ सञ्चारकर्मी होइनन् भने वा टिभि व्यवसायमा उनको ज्ञान र अनुभव थिएन भने उनले इच्छाराज तामाङजस्तै घरजग्गा, मल वा राजनीति वा अन्य कार्यमा किन ठगेको रकम लगाएनन्उ ? नमा पनि किन तामाङजस्तै सांसद हुने इच्छा जागेन, ? आखिर दुवै आवद्ध दल त एउटै थियो एमाले । यसरी आफैँ हिरो हुन छोडेर किन उनी टिभि खोलेर अर्कालाई हिरो बनाउन लागे ? ग्यालेक्सीबाट रातारात को हिरो भयो ? कसको राजनीतिक उदय वा चोला फेरियो के त्यो पात्र जिबि राई हो त ? जगजाहेर छ, अवश्य होइन । अब प्रश्न उठ्छ के ग्यालेक्सी टिभि राई एक्लैको बलबुतामा मात्र खोलिएको हो ? के उनी मिडियाकर्मी हुन् जसलाई टिभीमा लामो अनुभव थियो ? त्योपनि होइन । उनले किन र कसका लागि त्यत्रो ठूलो जोखिम मोलेर ठूलाठूला मिडिया टाइकुनलाई पनि चक्मा दिने गरी धमकेदार तरिकाले रातारात टिभि लन्च गरे ? यी सब प्रश्नको उत्तर रवि लामिछानेमा गएर ठोक्किन्छ, जसको लागि वा जसको बलबुतामा, योजना, आडभरोसा वा ब्यिकङमा राई टिभितिर हानिए । जिबि राई नेपालमा कुनै आफ्नै परिचय भएको चर्चित पात्र होइनन्। उनको परिचय नै लामिछानेमा गएर जोडिन्छ । न्यूज २४ मा सिधाकुरा जनतासँग चलाएर रातारात चर्चित भएका रवि लामिछानेलाई झन् चर्चामा ल्याउने काम गरे अहिलेका प्रधानमन्त्री प्रचण्डले ।

शालिकराम पुडासैनी काण्ड
खोज पत्रकारितामा अब्बल ठानिएका शालिकराम पुडासैनी रविको सिधाकुरा जनतासँगका रिपोर्टर थिए । जुन कार्यक्रमले रविलाई चर्चित बनायो त्यसका खम्बा थिए पुडासैनी । रविका प्रीय भएको कारण उनका हरेक अन्तरङ्ग कुराहरूका जानकार थिए उनी । केही महिना अघि एकाएक रविलाई छोडी अर्कै टिभिमा गएका उनी अचानक चितवनको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा फेला परे । टिभीमा आफू, छोरा, बुहारीहरू, छोरी, ज्वाइँहरू, माओवादी हिंसा, आतङ्कको जोडदार भण्डाफोर गर्ने रविलाई ठेगान लगाउने दरिलो अस्त्रको रूपमा चितवनमा भएको शालिकराम पुडासैनीको रहस्यमय मृत्युलाई प्रचण्डले लिनखोजे । प्रचण्ड सत्तामा आएदेखि नै चितवनका अन्य हाकिमहरूजस्तै सिडियो, प्रहरी प्रमुख, न्यायाधीश माओवादीकै कोटामा पोष्टिङ गराएको फाइदा प्रचण्डले पुडासैनी काण्डमा रविलाई आत्महत्या दुरुत्साहन मुद्दामा जेल कोचेर लिन चाहान्थे । पुडासैनीको सुसाइड नोटमा लेखिएका कुराहरू सत्य तथ्यनै भएपनि प्रचण्ड, माओवादी, बाँदरमुढे कत्लेआम र उनको परिवारवाद र सर्वसत्तावादबाट आजित चितवने जनताको दह्रो साथ र समर्थन रविलाई हुन पुग्यो । यसबाट पुडासैनीको हत्या वा आत्महत्याको निसाफभन्दा प्रचण्ड प्रतिको नफरत रविको सहानुभूतिमा बद्लियो । अन्तत प्रचण्डले नै लगेका विश्वासपात्र न्यायाधीशले पनि रविलाई सफाइ दिन बाध्य भए । पछि ती न्यायाधीश प्रचण्डसँग यति तर्सिएकि रेनूलाई दोस्रोपटक मेयर बनाउने बेला माओवादी पृष्ठभूमिका ती न्यायाधीश बिरामी भएको बहानामा प्रमुख निर्वाचन अधिकृत नबन्न निर्वाचन आयोगमै निवेदन हालेर पन्छिए । अन्तत पुडासैनीको जीवनको अन्त्य रविको राजनीतिक जीवनको सुरुआत बन्न पुग्यो ।

शम्भु थापाको मृत्यु
सिन्धुपाल्चोक बाह्रबिसेका शम्भु थापा रविको ड्राइभरको रूपमा लामो समयदेखि कार्यरत थिए । उनी रविको रातदिन प्रत्येक पलमा साथसाथै रहन्थे । रवि जता जहाँ जाँदा पनि हरपल गन्तब्यमा सुरक्षित पुर्‍याउँथे, रविको विश्वास जितेका थिए । अचानक उनको पनि पुडासैनीजस्तै तर फरक ढङ्गले इहलीला समाप्त भयो । दिनभरि रविको चुनाबी दौडाहमा कडा ड्युटी गरेका उनी अचानक चितवनस्थित घरको छतबाट खसेर मृत भेटिए । पुडासैनी घटनामा रवि र युवराज कँडेल पक्राउ परेपनि यसपटक हेभिवेट भइसकेका रविलाई छुने, अनुसन्धान गर्ने आँट नत प्रहरीको आयो, नत प्रचण्डले नै हस्तक्षेप गर्न सके । घटना फासफुस भयो । घटना सामसुम पारियो ।

जिबि राई र रवि
आफू संलग्न नेटवर्किङ व्यवसाय अवैध घोषित भएपछि सरहारीतर्फ लागेका गितेन्द्र बाबु उर्फ जिबी राई तब चर्चामा आए जब उनी रवि लामिछानेसँगै ग्यालेक्सी फोरके टिभिमा तामझामसहित उदाए ।

रवि जिबि टिम पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था हुँदै बुटबलको सुप्रिम बचत तथा ऋण सहकारी, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी लगायत विभिन्न ७ भन्दाबढी सहकारीमा यो समूह कुनै न कुनै रुपमा जोडियो । पूर्वउराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन, पूर्व डिआइजी छविलाल जोशीलगायत ग्यालेक्सी टिभीमा प्रत्यक्ष/अप्रत्यक्ष गाँसिए ।

टिभीबाट राजनीतिमा छलाङ मार्ने योजनामा रहेका रविको ढोक्सामा राई समूह परे । केही समय राईलाई इस्तेमाल गरी ग्यालेक्सीको ठूलो तामझामपछि रवि दल खोलेर राजनीतिमा होमिए । आफू सफल भएमा जिबीलाई समानुपातिकमा ल्याउने रविको आस्वासन जिबीले पत्याए, उनमा दोस्रो इच्छाराज तामाङ बन्ने सपना मौलायो ।

रविको तिलस्मी छलाङ
अमेरिकामा रहँदा पनि आर्थिक मामलामा विवादित रवि न्यूज २४ मा “द लङ्गेष्ट म्याराथुन सो”नामक सोबाट सिधाकुरा जनतासँग बाट टिभि पत्रकारितामा आए । रोचक त यो छ कि उनले उक्त सो मा बुद्ध नेपालका जन्मिएका हुन् भन्ने शीर्षकमा कार्यक्रम चलाए । जब कि बुद्ध नेपालमा जन्मिएका हुन् भनी प्रमाणित गर्न कुनै टीभी कार्यक्रम नै गर्नुपर्दैन । ऐतिहासिक तथ्य र दस्तावेज नै काफी छ । उनले जनताको सेन्टिमेन्टमा खुबै खेले । मौकाको दाउमा रहेका वि चौका हान्न पछि परेनन् । उनी न्यूज २४ जस्तै ग्यालेक्सीलाई पनि लात हानी राजनीतिमा होमिए, सांसद भए, दुईरदुईपटक उपप्रधान तथा गृहमन्त्री बने।

रविको तिलस्मी छलाङमा निकिता पौडेल, उनका बुबा राप्रपा नेता उद्धव पौडेलको साथ देखियो। रविले छाडेपछि ग्यालेक्सी धरासायी भयो । रविकै आड भरोसा र आश्वासनमा सहकारीको पैसा टिभीमा लगानी गरेका जिबी राईको आकास खस्यो । रविले टिभी छोडेपछि खातावालाहरू पैसा फिर्ता माग्न सहकारी धाए, सरहारीको पैसा जिबी एक्लैको पेटमा परेको भए पो उनले तिर्न सक्थे । यता रवि सत्तारोहणमा लागे, उता जिबी फरार भएरगराइए । अहिले जीबी विरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी भएको छ, तैपनि उनी पक्राउ पर्दैनन् । रवि दोस्रोपटक गृहमन्त्री भएपछि पक्राउ परेको रातारात हल्ला मच्चाइएका जिबी मलेसियामा लुकेर बसेको भनिन्छ । गृहमन्त्री बन्नु पहिले मलेसिया गएका रविले सुटुक्क जिबीलाई भेटेको खबर पनि बाहिरिएको थियो ।

रवि सत्तामा जिबी कहाँ ?
अहिले रवि मन्त्री क्वार्टरमा छन् । गृहमन्त्रालयको बागडोर उनको हातमा छ, सारा पुलिस, प्रशासन उनको इशारामा चल्छ। हिजो सामान्य पत्रकार हुँदा त विदेशमा अलपत्र भएका महिला, श्रमिकहरूको जिउँदो वा मृत उद्दार गर्नसक्ने रविले अहिले आफ्नै पार्टनर जिबिलाई नेपाल ल्याउन सक्दैनन् भनी बच्चाले पनि पत्याउँदैन । आखिर खेल के हो त ?

दुर्गा प्रसाईले युटुबमा अन्तर्वार्ता दिँदै जिबी राईलाई रविले पक्राउ गर्न नसक्ने हो भने मलाई जिम्मा दिए ७ दिनभित्र पक्राउ गरेर नेपाल ल्याइदिने बताएसँगै तरङ्गित भएको छ सामाजिक सञ्जाल । उनै प्रसाईले जिबी मलेसियामा सन्तोष कार्कीको घरमा लुकेर बसेको ठोकुवा गरेसँगै प्रसाईको सूचना स्रोतसँग थप विश्वस्त भएको छ । नेपालीपेनले पनि यसबारे गहिरो खोज गरेको छ । विश्वस्त स्रोतका अनुसार प्रसाईको सूचनामा सत्यता पाइएको छ । हो जिबी मलेसियाको पिजे भनेर चिनिने पेटालिङ जया भन्ने स्थानमा रहेको सनतोष कार्कीको घरमा आस्रय लिएर बसेका छन् ।

को हुन् सन्तोष कार्की
इलामबाट झापा बसाइँ सरेका कार्कीको हाल अनामनगरमा पत्नी र दुई छोराछोरी छन् । पाकिस्तानी मूलकी मलेसियन महिलासँग विवाह गरी रेजिडेन्ट पर्मिट लिएका कार्की मेनपावर व्यवसायी हुन् । तरपनि प्लेब्वाइको रूपमा मलेसियामा चिनिने उनी सामाजिक सञ्जाल मात्र होइन महिलामाझ उनी आफ्नो स्टाटस सिङ्गल लेख्छन्रबताउँछन् । पिजेमा उनको सेकेन्ड होम छ, त्यही घरमा छन् जिबि । आफूपनि एनआरएन मलेसियाको पदाधिकारी रहिसकेका कार्कीको हरेक कुकर्ममा सोही सङ्गठनका पूर्व अध्यक्ष हरि भटराईको पनि दह्रो साथ, साझेदारी र सहयोग छ । यसो हुनुमा उनीहरू दुवै मेनपावर व्यवसायी र एमाले कार्यकर्ता हुनु पनि हो । कार्की भट्टराई जोडी मलेसियामा नेपाली व्यवसायी धम्काउने, सताउने, दुख दिने कार्यमा माहिर छन् । कालो कर्तुत लुकाउन देखावटी रूपमा हिमालयन क्लब खोली नेपालका मन्त्री, राजनीतिज्ञ खासगरी एमाले नेताहरू मलेसिया लगी सयर गराउने र नेता, मन्त्री र उच्चपदस्थ कर्मचारी, प्रहरी लगायतको कालोधन तह लगाउने मनिलाउन्डरिङको काममा पनि दरईभाइ संलग्न भएको मलेसियामा बस्ने नेपाली बताउँछन् ।

सन्तोष कार्की झलनाथ खनाल र बामदेव नजिक भई एमालेको राजनीतिसँग आवद्ध भएसँगै उनीहरू दुवैजनाको राजनीतिमा भएको स्खलनसँगै उनीहरू केपी ओलीतिर लहसिए । अहिले दुवै केपी बाका दाहिना छन् । त्यही क्रममा दुर्गा प्रसाईसँग उनको हिमचिम बढ्यो । पूर्व एमाले दुर्गाको एमाले क्याडर खासगरी युवा पङ्तिमा अहिले पनि पकड छ । त्यसैबाट उनलाई जिबीको सूचना प्राप्त भएको हो । जिबि राईको सूचना आएसँगै कार्कीलाई उनको नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

जिबी राई नेपाल आउलान् ?
जिबी राई अहिले नेपाल आएभने के उनले सरकारी ठगीको सारा कर्तुत आफ्नैमात्र थाप्लोमा बोक्लान् त ? आफू अध्यक्ष रहेको ग्यालेक्सीमा प्रमुख कार्यकारी रहेका रविको संलग्नता छैन भनी बयान देलान् त ? के उनी राईको छोरो भएपनि त्यति सारो बेकुप बन्लान् त ? हिनामिना भएको भनिएको १६ अर्वभन्दा बढी रकम उनी एक्लैले हजम पारे त ? अहिले मिडियामा आएका रविले ल्याप्चे लगाएर गरेको तमसुक, उनको नाममा लिएमा ऋणमा कहीँ रवि एक्लै त कहीँ जिबि राई ? रवि लामिछाने लेखिएका भौचरहरूको सत्यता के हो ? रविले त आफूलाई त्यसरी ऋण लिनुहुन्न भन्ने थाहा नभए भनी बचकाना जवाफ दिइरहेजस्तै उनले पनि त्यसै भन्लान् ? के प्रधानमन्त्री प्रचण्डले सदनको रोष्टममा उत्रिएर रवि निर्दोष भएको फैसला सुनाएजस्तै र केपी ओलीले काँधमा बोकेजस्तै तीनैजनाले जिबिलाई बोक्लान् ? अर्को महत्वपूर्ण विषय जिबिको ज्यान जोखिममा परेको छ । शालिकरामले र शम्भु थापाको हविगत जिबि राईको हुनसक्ने खतरा बढिसकेको छ ।

जिबी राई आएमा धेरै तथ्य उजागर हुनसक्छ । रवि लामिछाने निर्दोष भएको, सारा ठगी धन्दामा रविको एक इन्च पनि संलग्नता नभएको भनी आत्मघाती बयान नदिई रविकै योजना र मतियारीमा आफूले सहकारी ठगी गरेको, आफ्नो ठगी कार्यमा रवि मतियार भएको, सहकारी ठगीकै पैसाले रविको प्रख्यातीको लागि टिभी खोलेको, रविलाई हिरो बनाउन आफू बलिको बोको भएको, सारा कर्तुतमा रवि नै मुख्य योजनाकार भएको बयान दिए भने रवि र स्वतन्त्र पार्टीको राजनीतिक भविष्य के होला ? यसकारण पनि जीबीको ज्यान जोखिममा परेको छ ।

प्रतिक्रिया