जिबि राईको ज्यान जोखिममा
काठमाडौं, ९ चैत्र । अहिले गितेन्द्र बाबु राई अर्थात् जिबि राई नेपालको सबैभन्दा ठूलो ठगको रुपमा चित्रित गरिएका छन् । विदेशमा लुकेर बसेका उनको नाममा रेड कर्नर नोटिश नै जारी गरिएको छ । तर, पक्राउ परेका छैनन् ।
जिबि राई पक्राउ परेभने सारा सहकारी पीडितहरूको डुबेको पैसा छुमन्तर शैलीमा रातारात उठ्छ । मुलुकका विभिन्न स्थानका सहकारी ठगीका कान्डमा उनको संलग्नता भएको भनी एकतर्फी प्रमाणहरू बाहिरिएका छन् । सार्वजनिक भएका वा देखाउन खोजिएका खबरहरूको पुष्टि गर्न वा प्रतिरक्षा गर्न नत जिबिलाई सार्वजनिक गराइएको छ, नत उनीनै मिडियाकै सम्पर्कमा छन् । एउटा यस्तो सवाल छ जसमा सायदै कसैको ध्यान छ ।
राईले त्यत्रो सहकारी ठगेर हजारौरलाखौँ बचतकर्ताको रकम हिनामिना आखिर केका लागि गरे तरु के उनले आफ्नो व्यक्तिगत फाइदा वा एक्लैका निमित्त गरेकि कसैलाई स्थापित गर्न वा रातारात हिरो बनाउन गरेरु अहिले राई संलग्न भनिएका सहकारी ठगीका सबैजसो काण्ड ग्यालेक्सी टिभीमा गएर ठोकिएको पाइएको छ । आखिर राई आफैँ सञ्चारकर्मी होइनन् भने वा टिभि व्यवसायमा उनको ज्ञान र अनुभव थिएन भने उनले इच्छाराज तामाङजस्तै घरजग्गा, मल वा राजनीति वा अन्य कार्यमा किन ठगेको रकम लगाएनन्उ ? नमा पनि किन तामाङजस्तै सांसद हुने इच्छा जागेन, ? आखिर दुवै आवद्ध दल त एउटै थियो एमाले । यसरी आफैँ हिरो हुन छोडेर किन उनी टिभि खोलेर अर्कालाई हिरो बनाउन लागे ? ग्यालेक्सीबाट रातारात को हिरो भयो ? कसको राजनीतिक उदय वा चोला फेरियो के त्यो पात्र जिबि राई हो त ? जगजाहेर छ, अवश्य होइन । अब प्रश्न उठ्छ के ग्यालेक्सी टिभि राई एक्लैको बलबुतामा मात्र खोलिएको हो ? के उनी मिडियाकर्मी हुन् जसलाई टिभीमा लामो अनुभव थियो ? त्योपनि होइन । उनले किन र कसका लागि त्यत्रो ठूलो जोखिम मोलेर ठूलाठूला मिडिया टाइकुनलाई पनि चक्मा दिने गरी धमकेदार तरिकाले रातारात टिभि लन्च गरे ? यी सब प्रश्नको उत्तर रवि लामिछानेमा गएर ठोक्किन्छ, जसको लागि वा जसको बलबुतामा, योजना, आडभरोसा वा ब्यिकङमा राई टिभितिर हानिए । जिबि राई नेपालमा कुनै आफ्नै परिचय भएको चर्चित पात्र होइनन्। उनको परिचय नै लामिछानेमा गएर जोडिन्छ । न्यूज २४ मा सिधाकुरा जनतासँग चलाएर रातारात चर्चित भएका रवि लामिछानेलाई झन् चर्चामा ल्याउने काम गरे अहिलेका प्रधानमन्त्री प्रचण्डले ।
शालिकराम पुडासैनी काण्ड
खोज पत्रकारितामा अब्बल ठानिएका शालिकराम पुडासैनी रविको सिधाकुरा जनतासँगका रिपोर्टर थिए । जुन कार्यक्रमले रविलाई चर्चित बनायो त्यसका खम्बा थिए पुडासैनी । रविका प्रीय भएको कारण उनका हरेक अन्तरङ्ग कुराहरूका जानकार थिए उनी । केही महिना अघि एकाएक रविलाई छोडी अर्कै टिभिमा गएका उनी अचानक चितवनको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा फेला परे । टिभीमा आफू, छोरा, बुहारीहरू, छोरी, ज्वाइँहरू, माओवादी हिंसा, आतङ्कको जोडदार भण्डाफोर गर्ने रविलाई ठेगान लगाउने दरिलो अस्त्रको रूपमा चितवनमा भएको शालिकराम पुडासैनीको रहस्यमय मृत्युलाई प्रचण्डले लिनखोजे । प्रचण्ड सत्तामा आएदेखि नै चितवनका अन्य हाकिमहरूजस्तै सिडियो, प्रहरी प्रमुख, न्यायाधीश माओवादीकै कोटामा पोष्टिङ गराएको फाइदा प्रचण्डले पुडासैनी काण्डमा रविलाई आत्महत्या दुरुत्साहन मुद्दामा जेल कोचेर लिन चाहान्थे । पुडासैनीको सुसाइड नोटमा लेखिएका कुराहरू सत्य तथ्यनै भएपनि प्रचण्ड, माओवादी, बाँदरमुढे कत्लेआम र उनको परिवारवाद र सर्वसत्तावादबाट आजित चितवने जनताको दह्रो साथ र समर्थन रविलाई हुन पुग्यो । यसबाट पुडासैनीको हत्या वा आत्महत्याको निसाफभन्दा प्रचण्ड प्रतिको नफरत रविको सहानुभूतिमा बद्लियो । अन्तत प्रचण्डले नै लगेका विश्वासपात्र न्यायाधीशले पनि रविलाई सफाइ दिन बाध्य भए । पछि ती न्यायाधीश प्रचण्डसँग यति तर्सिएकि रेनूलाई दोस्रोपटक मेयर बनाउने बेला माओवादी पृष्ठभूमिका ती न्यायाधीश बिरामी भएको बहानामा प्रमुख निर्वाचन अधिकृत नबन्न निर्वाचन आयोगमै निवेदन हालेर पन्छिए । अन्तत पुडासैनीको जीवनको अन्त्य रविको राजनीतिक जीवनको सुरुआत बन्न पुग्यो ।
शम्भु थापाको मृत्यु
सिन्धुपाल्चोक बाह्रबिसेका शम्भु थापा रविको ड्राइभरको रूपमा लामो समयदेखि कार्यरत थिए । उनी रविको रातदिन प्रत्येक पलमा साथसाथै रह�
