३० असार २०८३, मंगलबार | July 15, 2026

अधिकृत, वडाध्यक्ष र बिचौलिया अख्तियारको नियन्त्रणमा


0
Shares

काठमाडौं, १६ चैत्र । रुपन्देहीको शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीसहित ३ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

मरासिनीसहित वडा नं. ७ का अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोदलाई ५० हजार रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको हो ।

वडा नं. ७ का वडा अध्यक्ष भीम बहादुर यादवले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

प्रतिक्रिया