२७ असार २०८३, शनिबार | July 11, 2026

सक्रिय आमा समूहद्वारा निःशुल्क आँखा शिविर, २५६ जनाको परीक्षण


1.8k
Shares

काठमाडौं, २०८३ असार २७ । सक्रिय आमा समूहले शनिबार (आज) VISION CONCERN EYE CLINIC & OPTICAL को सहयोगमा काठमाडौं महानगरपालिका वडा नं। ६, बौद्ध महाङ्कालमा एक दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।

शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो। समुहकी अध्यक्ष नानु दाहालको अनुसार शिविरमा २५६ जनाको आँखा परीक्षण गरिएको छ ।

यस कार्यक्रममार्फत स्थानीय समुदायलाई आँखा स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध गराउँदै आवश्यक परामर्श र परीक्षण सेवा प्रदान गरिएको थियो।

कार्यक्रमको शुभारम्भ सोही क्षेत्रका स्थानीय बासिन्दा तथा ९५ वर्षीया ज्येष्ठ नागरिक आमा दम्पता गजुरेलको आँखा परीक्षण गरी गरिएको थियो। आयोजकले ज्येष्ठ नागरिकबाट कार्यक्रमको सुरुवात गर्नु विशेष सम्मान र प्रेरणाको विषय भएको जनाएको छ।

सक्रिय आमा समूहकी अध्यक्ष दाहालले शिविर सफल बनाउन सहयोग पुर्‍याउने VISION CONCERN EYE CLINIC & OPTICAL सहित सम्पूर्ण सहयोगी मनहरू, स्वयंसेवक तथा सहभागी स्थानीय बासिन्दाप्रति धन्यवाद दिएकी छिन् ।

कार्यक्रमपछि सक्रिय आमा समूह परिवारले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया