प्रधानन्यायाधीशमा सिफारिस शर्मामाथि संसदीय सुनुवाइ सुरु
काठमाडौं, ५ जेठ । प्रधानन्यायाधीशमा सिफारिस डा। मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु भएको छ । त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो ।
विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा। शर्मा उपर परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ । उनीमाथि १६ वटा उजुरी परेको स्रोतले जनाएको छ ।
२४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा। मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।
वरियता मिचेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएपछि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित सर्वोच्चका कतिपय न्यायाधीशहरु र कानुन व्यवसायीहरु विरोधमा छन् ।

