ऊर्जामन्त्री खड्काले स्वेट शेयर लिएका हुन् ?

काठमाडौं, २० वैशाख । ऊर्जामन्त्री दिपक खड्काले १२० मेगावाटको चिनियाँ स्वीफा ग्रुपलाई बेच्दा १० प्रतिशत स्वेट सेयर लिएको विषय बाहिर आएको छ । ९५ करोड रुपैयाँमा शेयर चिनियाँ समूह स्वीफालाई बेच्दा १० प्रतिशत सित्तैमा शेयर पाएको विषय खुलेको हो ।
उनले शेयर पाएपनि आयोजनाले लिने ऋण, ब्याजलगायत अन्य खर्चमा जिम्मेवार नहुने उल्लेख गरेका छन् । नाफामा मात्र उनको अधिकार हुने गरी सम्झौता भएको छ ।
२० खर्ब बराबरको चिनियाँ लगानी भित्राएर २०८० माघ १ मा जलविद्युत आयोजना बढेको विषय समाचारमा आएको थियो । आयोजनाले अरबौं खर्च गरेपनि अवरोधहरु आएका छन् ।
ऊर्जामन्त्री खड्काले विगतमा भित्राएको भनिएको चिनियाँ लगानीको जलविद्युत आयोजनाको उत्पादन भने भारतले खरिद गर्ने छैन । भारतले विद्युत सम्झौता नभएको देश र लगानी भएको आयोजनाको विद्युत खरिद नगर्ने कानून नै बनाएको छ ।