१७ बैशाख २०८२, बुधबार | April 30, 2025

सरकारले फेसबुक बन्द गर्ला ?


0
Shares

काठमाडौं, १७ वैशाख । सामाजिक सञ्जाललाई सूचीकृत गर्न सरकारले समय दिएको सकिएको छ । केही सूचीकृत भएका छन् । तर, फेसबुक, लिङ्डिन, नेटफ्लिक्स, गुगललगायत सूचीकृत भएका छैनन् ।

फेसबुकको मातृ कम्पनी मेटालगायत १९ कम्पनीले सरकारलाई कर तिर्दै आएका छन् । तर, सूचीकृत नभएकाले सरकार कडा बन्न लागेको हो ।

तर, सरकारले फेसबुक बन्द गर्न सक्ला ? नेपालमा फेसबुक चलाउने करोडभन्दा बढी छन् । यति धेरैले फेसबुक एकाउन्ट खोलेका छन् । यसबाट ठूलो आर्थिक कारोबार मात्र भएको छैन समाजमा समेत असर पर्ने सामाग्री आउने गरेको छ ।

सरकारले फुसबुक बन्द गर्ने चेतावनी दिएपनि कार्यान्वयन सहज छैन । यसले नयाँ विवाद खडा गर्न सक्छ । विगतमा टिकटक बन्द गरेपनि लामो समय निर्णय टिक्न सकेन । टिकटक फेरि चल्न थालेको छ ।

प्रतिक्रिया