महाकुम्भमा भुटानी नरेश र योगी (तस्बिरसहित)
एजेन्सी, २२ माघ । भुटानका नरेश जिग्मे खेसर नामग्याल वांगचुकले महाकुम्भमा पुगी त्रिवेणी संगममा स्नान गरेका छन् । मंगलबार प्रयागराज पुगेर वांगचुकले गंगाको पूजा अर्चना समेत गरे ।
भुटानी नरेशलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । गंगा पूजा र स्नानमा योगी पनि नरेशको साथमा सहभागी थिए ।