२८ फाल्गुन २०८१, बुधबार | March 12, 2025

प्रचण्ड नै पार्टीको निर्विकल्प नेता,गुट–उपगुट अमान्य छ,होसियार !


February 3, 2025
24.1k
Shares

काठमाडौं,२१ माघ । नेकपा (माओबादी केन्द्र) बागमती प्रदेश समिति सदस्य सुजन लामाले पार्टीभित्र मौलाउदै गएको गुट–उपगुटबारे चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै पार्टीको निर्विकल्प नेता भएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा आज एक स्टाटस लेख्दै युवा नेता लामाले पार्टी भित्र चर्चा भइरहेको गुट–उपगुट नियोजित ढंगबाट चलाइएको पनि आरोप लगाएका छन् । पार्टी भित्र नेतृत्व जुधाएर आफ्नो स्वार्थ सिद्ध गर्न कसैले खोजेको हो भने त्यसको कडा रुपमा विरोध गर्ने पनि उनले चेतावनी दिएका छन् ।

उनले लेखेका छन्,“यदि पार्टी भित्र कोहि आफुमात्र बलियो हुन वा स्वार्थ पूर्ति सहित अरुलाई हिलो छ्याप्न कुटिल चाल चालिएको हो भने यो पनि अमान्य छ र यसको बिरोध गरिन्छ । यदि पार्टी बाहिरका हुन् भने त झन् खबरदार! होसियार!”

प्रचण्ड नै पार्टीको निर्विकल्प नेता भएको भन्दै लामाले प्रचण्डबारे कसैले पनि पुष्टी गर्नु नपर्ने उनको तर्क छ । “स्वयम् क. प्रचण्डले पनि आजको दिनमा यो पुष्टी गरिरहनु पर्दैन। यो उहाँको कार्य क्षमता लगायत उहाँले भर्खर सम्पन्न केन्द्रिय कमिटिमा राख्नु भएको दस्ताबेज एवं सो दस्ताबेज एकमतले पारित हुनुले पनि जनाउँछ ।”–लामाले लेखेका छन् ।

प्रचण्डले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको दस्तावेजको कसैले पनि विरोध गर्न नहुने भन्दै लामाले पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास जरुरी रहेको बताएका छन् ।

पार्टी बलियो हुन फुट होइन जुटेर अघि बढ्नुपर्ने उनको धारणा छ । “हिजो हामीसंग फुटेर हाम्रो अध्यक्षलाई घोर दक्षिणपन्थी लगायत बिभिन्न आरोप लगाएर जानेहरु आज कहाँ छन् अनि हामी कहाँ छौँ, अझ जुट्दा कहाँ पुग्न सक्छौं, सोचौ, विचार गरौँ, हेक्का राखौं। जुट्नु अनि लड्नु बाहेकको विकल्प हामी संग छैन ।”–उनले लेखेका छन् ।

 

प्रतिक्रिया