सुर्य किरण अभ्यासमा नेपाल र भारतका सैनिक (तस्बिरसहित)

काठमाडौं, १ माघ । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध मात्र नभई सैन्य सम्बन्ध पनि प्रगाढ छ । दुई देशका सेनापति एक अर्को देशका मानार्थ महारथी हुने परम्परा रहँदै आएको छ । नेपाल र भारतबीच सैन्य अभ्यास पनि हुने गरेको छ संयुक्त रुपमा ।
यस वर्ष १८औं सुर्यकिरण सैन्य अभ्यास संयुक्त रुपमा सकिएको छ । पौष १६ देखि २९ गतेसम्म भएको सैन्य अभ्यास सेनाका बलाध्यक्ष रथी प्रदिप जंग केसीले विशेष कार्यक्रमबीच समापन गरे ।
सुर्यकिरण २०६७ देखि नेपाल र भारतबीच आलोपालो सञ्चालन हुँदै आएको छ ।