कांग्रेसले मेलमिलापको मर्म बुझ्न सकेन : विष्णु पन्थी
काठमाडौं,१६ पुस । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका उपसभापति प्रो.विष्णु पन्थीले विश्वेश्वर प्रसाद कोइराला (बीपी)ले राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गरी स्वदेश फर्कनुभएको विषयको गम्भीरतालाई अवबोध गर्नु जरूरी रहेको बताउनु भएको छ । राष्ट्रिय एकता तथा राष्ट्रिय मेलमलाप दिवसको अवसरमा मंगलबार शुभकामना दिंदै उपसभापति पन्थीले यस्तो टिप्पणी गर्नुभएको हो ।
सिद्धान्त व्यवहारमा लागू गर्न सकिएन भने अविश्वास जन्माउने विषय त्यो जति राजनीतिमा अरु हुन नसक्ने पनि उहाँको तर्क छ । मुलुकको संकट समाधानका निम्ति देश र जनता (राष्ट्रियता र प्रजातन्त्र) लाई केन्द्रमा राखेर बीपीले राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गरी स्वदेश फर्कनुभएको थियो ।
‘मुलुकको संकट समाधानका निम्ति देश र जनता (राष्ट्रियता र प्रजातन्त्र) लाई केन्द्रमा राखेर बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गरी स्वदेश फर्कनुभएको विषयको गम्भीरतालाई अवबोध गर्नु जरूरी छ।’ सामाजिक सञ्जालमा उहाँले आज शुभकामना दिंदै लेख्नुभएको छ,‘सिद्धान्त व्यवहारमा लागू गर्न सकिएन भने त्यो जति अविश्वास जन्माउने विषय राजनीतिमा अरु हुन सक्दैन ।’
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ ।
विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह,नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए ।