नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर (बुंदासहित)
बेइजिङ, चीन १८ मङ्सिर । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
यी नै हुन् नेपाल–चीनबीच ९ बुंदामा भएका सहमति
- टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
- नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
- नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
- थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
- विकास योजना सम्बन्धी समझदारी पत्र
- आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
- नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
- स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
- नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र