९ माघ २०८१, बुधबार | January 22, 2025

दुर्गा प्रसाईद्वारा प्रधानमन्त्री ओलीमाथि कम्बोडियामा अरबौं लगानीको आरोपको रहस्य (रिपोर्टसहित)


November 19, 2024
13.7k
Shares

काठमाडौं, ४ मंसिर । यतिबेला चर्चामा छन् दुर्गा प्रसाईँ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियामा कम्पनी खोलेर अरबौं लगानी लुकाएको आरोप लगाएका छन् । सार्वजनिक रुपमा प्रसाईंले लगाएको आरोपको प्रतिकार गर्न सिंगो एमाले संयन्त्र सक्रिय भएको छ । तर, त्यसलाई चुनौती दिन ओली र उनका एमाले संयन्त्रलाई सजिलो छैन ।

ओलीको कम्बोडियामा अरबौंको लगानीको विषय ४ वर्ष अघि खुलासा भएको थियो । त्यो पनि सँसारकै प्रभावशाली खोजपत्रकार रोलान्ड ज्याकार्डमार्फत् । ग्लोबल वाच एनलिसिसमा सँसारका सनसनीपूर्ण भ्रष्टाचार र संगठित अपराधको घटनाबारे खुलासा गर्छन ज्याकार्ड । उनी कुनैबेला तत्कालीन फ्रान्सका राष्ट्रपति ज्याक सिराकका सल्लाहकार टोलीमा थिए ।

ज्याकार्ड आतंकवादको अध्ययनमा खप्पिस छन् । सँसारमा आतंकवाद कसरी चलिरहेको छ र कहाँ कहाँ पैसा कसरी लगानी भइरहेको छ भन्ने खुलासा गर्छन् ।

उनले ग्लोबल वाच एनलिसिसमा १२ जुलाई सन् २०२० मा आफ्नो बाइलाइनमा प्रकाशित गरेको रिपोर्टमा ओलीले कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी गरेको खुलासा गरेका छन् ।

ओलीनिकट व्यवसायी आङ छिरिङ शेर्पा लगानीको डिलमा सक्रिय भएको उल्लेख गरेका छन् । शेर्पा दिवंगत भइसके र ओलीका खास विश्वासपात्र थिए । शेर्पाको परिवारका सदस्यलाई स्पेनको राजदूत समेत बनाइदिएका थिए ओलीले ।

ओलीको कम्बोडियामा लगानीका लागि तत्कालीन राजदूत हु छुन्ताईले भूमिका खेलेको र कम्बोडियामा त्यहाँका प्रधानमन्त्री हुन सेनले हस्तक्षेप नै गरेको रिपोर्टमा भनिएको छ । बो जियानगेओ नामका चिनियाँ कूटनीतिज्ञले कम्बोडियामा बसेर सहजीकरण गरेको उल्लेख छ ।

यो खबरलाई नै आधार मानेर दुर्गा प्रसाईँले बोलेका छन् । आतंकवादसम्बन्धी अध्ययनमा नाम कहलिएका लेबनानी मूलका फ्रान्सेली पत्रकारको यो खबरले ओलीलाई सधै समस्यामा पारिरहेको छ ।

प्रतिक्रिया