६ पुस २०८१, शनिबार | December 21, 2024

रवि र छबिविरुद्ध काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी


November 17, 2024
2k
Shares

काठमाडौं,२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका व्यापारिक साझेदार पूर्व डिआईजी छबिलाल जोशीबिरुद्ध अर्को पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संम्लग्न भएको आरोपमा उनीहरु विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

आज न्यायाधीश शिशिरराज ढकालले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका दुबैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएका हुन् ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीका अध्यक्ष पनि जीबी राई नै हुन् । यसअघि नै सो सहकारीको रकम अपचलनमा संम्लग्न भएको आरोपमा २२ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया