११ पुस २०८१, बिहिबार | December 26, 2024

ट्रम्पले छाने पहिलो हिन्दू सांसद गब्बडलाई जासुस प्रमुख


November 14, 2024
747
Shares

एजेन्सी, ३० कात्तिक । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले जासुस प्रमुखमा अमेरिकाको पहिलो हिन्दू सांसद तुलसी गब्बडलाई छानेका छन् । उनले सैनिक अनुभव समेत सँगालेकी ४३ वर्षीया गब्बडलाई नेस्नल इन्टेलिजेन्सको निर्देशकमा छानेका हुन् ।

गब्बड अमेरकाको हवाईमा जन्मिएकी हुन् । २१ वर्षमा राजनीतिमा सक्रिय भएकी गब्बड इराकमा नेस्नल गार्डमा खटिएपछि निष्कृय भइन् ।

अमेरिकाको इतिहासमा प्रथम हिन्दू सांसद बनेकी उनले भागवत गीतालाई छोएर सपथ खाएकी थिइन् ।

डेमोक्रयाटिक पार्टीमा लागेकी गब्बडले जो वाइडेनसँगको असहमतिपछि दल त्याग गरेकी थिइन् । त्यसपछि उनी रिपब्लिकन बनिन् ।

प्रतिक्रिया