९ माघ २०८१, बुधबार | January 23, 2025

भ्रष्टाचारीलाई विशेष अदालतबाट धमाधम क्लिन चिट, पूर्वमुख्यसचिव अर्यालले पाए सफाई


October 30, 2024
996
Shares

काठमाडौं, १४ कात्तिक । विशेष अदालत भ्रष्टाचारीलाई चोख्याउने स्थल बन्दै गएको छ । एकपछि अर्को भ्रष्टाचार मुद्दा लागेकाहरुले सफाई पाउने क्रममा पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालले सफाई पाएका छन् ।

सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न दिने ठेक्का प्रकरणमा भ्रष्टाचारको आरोपमा अर्यालसहित १२ जनालाई भ्रष्टाचारको मुद्दा दायर भएको थियो । चार महिनाअघि मुद्दा दायर भएपछि अर्याल निलम्बित भएका थिए । त्यसपछि देशमा दुईजना मुख्यसचिव बनिसकेका छन् ।

अर्याललाई सफाई दिएपनि सोही मुद्दामा विकल पौडेल र सुनिल पौडेल भ्रष्टाचारी ठहरिएका छन् । उनीहरु यसअघि पनि थुप्रै भ्रष्टाचारको मुद्दामा दोषी भइसकेका छन् ।

रोचक त यो छ कि टेकनारायण कुँवर विशेष अदालतको अध्यक्ष भएपछि भ्रष्टाचारीले सफाई पाउने सिलसिला बढेको छ । कुँवरको भूमिकामाथि प्रश्नहरु उठ्ने क्रम बढिरहँदा पछिल्लो फैसला आएको हो ।

प्रतिक्रिया