८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

छठसम्म रवि हिरासतमै रहने पक्का


October 24, 2024
83
Shares

काठमाडौं, ८ कात्तिक । सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छठसम्म हिरासतमै रहने निश्चित भएको छ । उनीमाथि थप अनुसन्धानका लागि म्याद थप गर्न कास्की जिल्ला अदालतले अनुमति दिएपछि अनुसन्धान लम्बिने भएको हो ।

रवि लामिछानेमाथि रुपन्देही जिल्ला अदालतले पनि पक्राउको अनुमति दिएको छ । त्यहाँको सुप्रिम सहकारी ठगीमा पनि उनीमाथि अनुसन्धान चल्ने भएको छ ।

रविमाथि सम्पत्ति शुद्धिकरणको अभियोगमा पनि अनुसन्धान हुने बुझिएको छ । योसँगै उनीमाथिको अनुसन्धान लामो समय चल्ने भएको छ ।

प्रतिक्रिया