रवि लामिछाने कहिलेसम्म हिरासतमा राखिएलान् ?

काठमाडौं, ४ कात्तिक । कास्की जिल्ला अदालतले पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई २ कात्तिकबाट लागू हुनेगरी ६ दिन हिरासतमा राख्ने आदेश दिइएको छ ।
रविविरुद्ध अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति लिएको कास्की प्रहरीले अझै कति दिन राखेर मुद्दा दायर गर्छ चासो बनेको छ । उनलाई अझै केही हप्ता हिरासतमा राख्ने तयारी भएको विश्वस्त स्रोतले बताएको छ ।
रविविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान चलिरहेको छ ।