२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ट्रम्पको स्वास्थ्यमाथि ह्यारिसले उठाइन् प्रश्न


October 13, 2024
415
Shares

एजेन्सी, २७ असोज । अमेरिकाको राष्ट्रपति निर्वाचन नजिकिदै गर्दा मुख्य उम्मेदवारहरु डोनाल्ड ट्रम्प र कमला ह्यारिसको स्वास्थ्यबारे चासो चलेको छ । अमेरिकामा राष्ट्रपतिको स्वास्थ्य अवस्थाले निकै अर्थ राख्छ । अमेरिकीहरु आफ्नो नेताको स्वास्थ्य ठिक हुनुपर्छ भन्ने मान्यता राख्छन् ।

कमला ह्यारिसले आफ्नो स्वास्थ्य अवस्थाबारे यथार्थ विवरण सार्वजनिक गरेकी छिन् । उनले आफू स्वस्थ र स्मार्ट रहेको प्रमाण दिइन् । सँगै डोनाल्ड ट्रम्पको स्वास्थ्यबारे प्रश्न गरिन् ।

ट्रम्पले स्वास्थ्य अवस्थाबारे विवरण लुकाएको बताइन् । उनको आशय ट्रम्प स्वस्थ नभएको आशय हो । उनी ७० कटिसकेका छन् ।

प्रतिक्रिया