३० आश्विन २०८१, बुधबार | October 16, 2024

बेलायतमा भएको सैनिक अभ्यासमा नेपाली सेनालाई स्वर्ण पदक


October 13, 2024
996
Shares

काठमाडौं, २७ असोज । संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा भएको एक्सरसाइस क्याम्ब्रियन प्याट्रोल २०२४ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको छ । २३ देखि २५ आश्विसनसम्म भएको उक्त मिति २०८१ आश्विन २३ गतेबाट आश्विन २५ गतेसम्म सञ्चालन भएको सैनिक अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको हो ।

उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ ।

दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइको तयारी, खबर सङ्कलन, घाइते(बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।

नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७ र २०१९ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपक कुमार बानिया सम्मानित अतिथिको रुपमा सहभागी थिए ।

प्रतिक्रिया