६ पुस २०८१, शनिबार | December 21, 2024

धौलागिरीको शिखर पुग्ने प्रयासमा पाँच रुसीको यसरी भयो मृत्यु


October 8, 2024
4k
Shares

काठमाडौं, २२ असोज । धौलागिरीको चुचुरो पुग्नै लाग्दा पाँचजना रुसी हिमाल आरोहीको मृत्यु भयो । आइतबारबाट हराइरहेका आरोहीको खोजीको क्रममा शव ७, १०० मिटर उचाईमा फेला परेको हो ।
हिमाल आरोही ६ जना रुसीमध्ये एकजना भलेरी सामालोले आरोहरण त्यागेका थिए । उनलाई उद्धार गरी काठमाडौं ल्याइएको थियो ।

काठमाडौंस्थित रुसी दूतावासको भनाई उदृत गर्दै आरटी डट कमले हिमाल आरोहणका क्रममा पाँच रुसी नागरिकको निधन भएको पुष्टि गरेको छ ।

आरोही अन्ना पियोनोभाको भनाई उदृत गर्दै आरटीले ७ हजार मिटर माथि सामालोले तीन रात क्याम्पमा बिताएको र पछि ६१०० मिटर तल झरेको उल्लेख गरेको छ । उनी अस्पतालमा उपचाररत छन् ।
पाँच जना आरोही हिमाल आरोहरणको प्रयासमा थिए । उनीहरु अकस्मात् डोरी चुड्डिएर खसेको जनाइएको छ ।

धौलागिरी ८१६७ मिटर अग्लो हिमाल हो । सन् १९६० बाट आरोहणका लागि खुलाइएको यो हिमाल आरोहणमा निकै कठिन मानिन्छ ।

प्रतिक्रिया