५ माघ २०८१, शनिबार | January 18, 2025

को हुन् प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत


October 6, 2024
1.2k
Shares

काठमाडौं, २० असोज । प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

संवैधानिक परिषद्को सिफारिशपछि संसदीय सुनुवाई समितिबाट पनि अनुमोदित भएपछि राष्ट्रपतिले राउतलाई नियुक्त गरेका हुन् ।

राउत ३१ मार्च सन् १९६१ मा उदयपुरमा जन्मिएका हुन् । १ अगष्ट २०१६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका राउतले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका छन् ।

१९८३ देखि २०१६ सम्म अधिवक्ता र वरिष्ठ अधिवक्ताका रुपमा काम गरेका उनी सिभिल, क्रिमिनल, संवैधानिक मामलाका रिटहरुमा विशेष दख्खल राख्छन् ।

२००६ मा सर्वोच्च अदालत बार एशोशिएसनको अध्यक्ष समेत बनेका उनीसँग नेपाल बार एशोशिएसनको संवैधानिक कमिटिमा संयोजकको रुपमा समेत काम गरेको अनुभव छ ।
राउत पनि विवादमुक्त छैनन् । उनी पारिवारिक सम्बन्ध र विवादले चर्चामा आए ।

प्रतिक्रिया