६ आश्विन २०८१, आइतबार | September 22, 2024

मह किसानको समस्या अध्ययन गर्न समिति गठन


September 22, 2024
83
Shares

असोज ६ ,काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानहरुको समस्या अध्ययन गर्न एक समिति गठन गर्नुभएको छ ।

आइतबार मन्त्रालयमा बसेको सरोकारवालाहरुको सहभागितामा बसेको बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिब भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागीता हुने गरि ९ सदस्यीय समिति गठन गर्नुभएको हो ।

समितीलाई १५ दिन भित्र प्रतिबेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । बैठकमा मन्त्री अधिकारीले मह उत्पादक किसान र बितरक दुबै पक्षको हित हुने गरि कार्यदलले सुझाब दिने बिश्वास ब्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरि स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो । समितिले दिने सुझावका आधारमा मन्त्रालय अघि बढने मन्त्री अधिकारीले बताउनुभयो ।

मह किसानहरुले हाल मौज्दात रहेको २१ सय मेट्रीक टन मह बिक्रीको ब्यवस्था मिलाईदिन सरकार समक्ष माग गरेका छ्न । मह आयत रोके पनि सिरफको रुपमा यस्को आयात भैरहेको भन्दै मह किसानहरुले महको आयातमा कर वृद्धि गर्नुपर्ने , स्वदेशी महलाई बजारीकरण गर्न सरकारले सहयोग गर्नुपर्ने लगायतका माग सरकार समक्ष राखेका छ्न ।

प्रतिक्रिया