५ आश्विन २०८१, शनिबार | September 21, 2024

भ्यालुयर्स एसोसिएसनको केन्द्रीय सचिवमा तनहुँका ई.अधिकारी निर्वाचित


September 21, 2024
1.2k
Shares

तनहुँ, ५ असोज । नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए) को छैटौँ अधिवेशनबाट केन्द्रीय सचिवमा तनहुँका इन्जिनियर रविन्द्र अधिकारी निर्वाचित भएका छन् । शुक्रबार भएको अधिवेशनबाट एसोसिएसनको सचिवमा अधिकारीसहित उपाध्यक्षमा मुक्ति पाण्डे, दीनेशकुमार पाठक, विकास वाग्ले, मनिष कर्ण, यमलाल पाण्डे र प्रज्ञान घिमिरे निर्विरोध चयन भएका हुन् ।

तनहुँको व्यास ८ रिस्ती घर भई हाल काठमाडौंलाई कर्मथलो बनाउँदै आएका ईन्जिनियर अधिकारी लगायत १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी, अध्यक्षमा सञ्जय महतोे निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा अशोक सिलवाल र कोषाध्यक्षमा सन्देश श्रेष्ठ निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमिति सदस्यमा सचिन भट्टराई, श्रीबोध ज्ञवाली, आश्मा पोखरेल, उपेन्द्र लुईटेल, हृदय खड्का र सरोज श्रेष्ठ निर्वाचित भएका हुन् । कार्यसमिति सदस्य इन्जिनियर लुइटेल पनि तनहुँकै हुन् ।

यसैगरी महासचिवमा अशोक सिलवाल र कोषाध्यक्षमा सन्देश श्रेष्ठ निर्वाचित भएका छन् । केन्द्रीय कार्यसमिति सदस्यमा सचिन भट्टराई, श्रीबोध ज्ञवाली, आश्मा पोखरेल, उपेन्द्र लुईटेल, हृदय खड्का र सरोज श्रेष्ठ निर्वाचित भएका छन् ।

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा सङ्लग्न १ हजार २ सय इञ्जिनियरहरुको सहभागिता थियो ।  नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिका संयोजक इन्जिनियर सुवास जोशीले प्रमाणपत्र वितरण गरे ।

एसोसिएसन नेपालभर छरिएर रहेका विभिन्न सरकारी, अर्ध सरकारी, निजी र मुख्यतया आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा कार्यरत व्यक्ति वा फर्ममार्फत् चल अचल सम्पत्तिको धितो मूल्याङ्कन गर्ने इन्जिनियरको संस्था हो । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा धितो मूल्याङ्कन प्रक्रियामा इञ्जिनियरको सहभागिता रहेको जनाइएको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिका संयोजक इन्जिनियर सुवास जोशीले प्रमाणपत्र वितरण गरे ।

 

प्रतिक्रिया