३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वायुसेवा निगममा युवराजले बुने कमिशनको नयाँ जाल


September 17, 2024
415
Shares

काठमाडौं, १ असोज । नेपाल वायुसेवा निगमको मालदार विभागहरुमा रहेर कमाऊ धन्दाको अनुभव सँगालेका कार्यकारी अध्यक्ष युवराज अधिकारीले लुट नै मच्चाइरहेका छन् । उनको कार्यकालमा निगम धराशायी बन्दै गएको छ । तर, युवराज निगमलाई फैलाएर विश्वकै प्रभावशाली वायुसेवा बनाउने गफ हाँकिरहेका छन् ।

अधिकारी निगमका लागि विमान खरिद गरेर कमिशनको खेल खेल्न लागिरहेका छन् । अहिले भइरहेका विमान नै राम्ररी संचालनमा ल्याउन नसकेका अधिकारीले नयाँ विमान किन्न खोजिरहेका छन् । उनले १५ वटा नयाँ विमान खरिद गर्ने योजना बुनेका छन् । यसमा ठूलै कमिशनको खेल तयार गरेको बुझिएको छ ।

आन्तरिकतर्फ पाँच साना, ४ मध्यम खालको विमान ल्याउने योजना अधिकारीले बुनेका छन् । यसबाहेक ४ न्यारोबडी र २ वाइडबडी खरिद गर्ने योजना बनाएका छन् । अहिले अन्तर्राष्ट्रिय उडानका लागि ४ र आन्तरिकका लागि १ विमान उडानयोग्य छ निगमसँग ।

चीनबाट ल्याएको विमान थन्किएर सेतो हात्ति बनेको छ । विगनमा वाइडबडी ल्याउँदा संचालनमा ल्याउन नसकिने प्रोपोगान्डा उनै युवराजले मच्चाउन लगाएका थिए । अहिले कमिशनको खेल तयार गरी उनैले वाइडबडी थप्न खोजेका छन् ।

न्युरोडमा रहेको निगमको भवनमा पनि नयाँ भवन बनाएर ठेक्कापट्टाबाट कमिशन निकाल्ने योजना बुनेका छन् । निगमका कतिपय जग्गाहरुको पनि दुरुपयोग गरी पैसा कमाउने उनको योजना बाहिर आएको छ ।

शक्तिकेन्द्रमा कमिशनको भाग पुर्याउने देखि अदालतलाई समेत प्रभावित गरेर कार्यकारी अध्यक्ष बनिरहेका युवराज अधिकारीका कारण निगम थिलथिलो भइसकेको छ । तैपनि, उनी निगमलाई कायापलट नै गर्ने भ्रम चलाइरहेका छन् ।

प्रतिक्रिया