२ आश्विन २०८१, बुधबार | September 19, 2024

छानबिन समिति बनाएर चोख्याउने परम्पराको अन्त्य कहिले ?


September 16, 2024
6.6k
Shares

काठमाडौं,३० भदौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य संजिब गुरुङ्गले  भ्रष्टाचारको चर्को कुरा गर्ने र छानबिन समिति बनाएर चोख्याउने खेल नेपाली राजनीतिमा बढ्दै गइरहेको टिप्पणी गरेका छन् । जुन सुकै पार्टीका नेता भ्रष्टाचारमा मुछिए पनि उन्मुक्ति दिन नहुने उनको तर्क छ ।

सामाजिक सञ्जालमार्फत गुरुङ्गले लेखेका छन्,’नेपाली राजनीति र भ्रस्टाचार ३/४ महिना हल्ली खल्ली सामाजिक संजाल तताउने र यूटुब मिडियाको भिउज बढाउने पछि छानबिन समिति बनाइ चोखिने परम्परा कहिले सम्म ?’

नेताहरुले विपक्षीले गरेका भ्रष्टाचारको कुरा ल्याउने,सामाजिक सञ्जाल तताउने र युट्युबको भिउज बढाउने मात्र काम गरेको उनको आरोप छ । युवा नेता गुरुङ्गले छानबिन समिति बनाएर चोख्खाउने परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जोगाउने नियतका साथ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रतिवेदन बुझाएको छ । सुर्य थापा नेतृत्वको समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ । तर, सहकारीबाट खरबौं रकम अपचलन भएको तथ्य खुलेको छ ।

समितिको नेतृुत्व गरेका एमाले सांसद सुर्य थापाले सहकारीप्रति नकारात्मक बादल हटाउन खोजिएको बताएका छन् । सहकारीका नाममा सर्वसाधारणको रकम जम्मा गर्न लगाएर दुरुपयोग गरिएको तथ्यहरु खुलेका छन् ।

 

प्रतिक्रिया