१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा महाधिवेशन प्रतिनिधिमा पराजित


October 2, 2026
498
Shares

राष्ट्रपति रामचन्द्र पौडेलकी छोरीसमेत रहेकी कांग्रेस नेता संज्ञा पोखरेल महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।

उनी कास्की क्षेत्र नम्बर १ को अधिवेशनमा महाधिवेशन प्रतिनिधि उठेकी थिइन्।

खुला महिला ४ जनाका लागि भएको निर्वाचनमा ११ जना उम्मेदवार थिए।

संज्ञाले २८९ मत प्राप्त गरेकी थिइन्।

यहाँ खुला महिलातर्फ रेनुका गुरूङ, निसा मल्ल ठकुरी, डाल्डादेवी भुजेल र कोपिला रानाभाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।

प्रतिक्रिया