३ आश्विन २०८१, बिहिबार | September 19, 2024

रविलाई लखेट्दा काँग्रेस र एमालेका नेताको भागाभाग


September 14, 2024
1.8k
Shares

काठमाडौं, २९ भाद्र । सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अप्ठ्यारोमा छन् । सहकारी ठगीमा उनीविरुद्ध बकाइदा प्रमाणहरु पेश भएका छन् । सहकारीमा उनले करोडौं ठगी गरेको खुलिसकेको छ ।

सहकारी ठगीले देशमा ठूलै नेताहरुको संलग्नता खुल्न थालेको छ । जसमध्ये नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ पनि हुन् । उनकी पत्नी ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको उजूरी परेको छ । यसमा अनुसन्धान सीआइबीले थालेको छ । गुरुङले भने ज्योतिसँग सहकारी ठगी प्रकरण उठेपछि २०७६ मा कागजमा छोडपत्र गरेका छन् । तर, उनीहरु श्रीमान् श्रीमतीकै रुपमा व्यवहार गर्दै आएका छन् । ज्योति गुरुङ विदेशमा बस्छन् र धनराज भेट्न गइरहन्छन् ।

मितेरी सहकारी ठगी प्रकरणमा मुछिएका ज्योति गुरुङको हिनामिनाको पैसा धनराजले नै तिर्दै आएको खुलेको छ । यसले पनि तरंग ल्याएको छ ।

सहकारी ठगी प्रकरणमा एमालेका मध्यमस्तरका नेताहरु पनि मुछिएका छन् । कतिपय ठूला भनिएका नेताले आफ्ना आसेपासेमार्फत् सहकारी चलाएको र ठगी गर्न लगाएको खुल्न थालेको छ ।

सहकारी बैंकको अध्यक्ष समेत रहेका कृष्णबहादुर उप्रेती एमालेका हुन् । उनीविरुद्ध आइडियल यमुना हाम्रो सहकारीमा ८ अर्ब बचन हिनामिनाको आरोप छ । उनी पक्राउ परिसकेका छन् ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि एमालेका हुन् । उनी पनि सहकारी ठगीमा मुछिएका छन् । मोरङको उमागौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा पोखरेल मुछिएका छन् ।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने धेरै लखेटिएका छन् । उनलाई लखेट्दा एमाले र काँग्रेसका कतिपय सहकारी ठगीमा संलग्न नेताहरुको भागाभाग मच्चिएको छ । कतिपय जोगिन फाइल लुकाउने र शक्तिकेन्द्र मिलाउने दौडमा छन् ।

प्रतिक्रिया