४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

भोटेकोशीमा खसेको जीप भेटियो यात्रु भेटिएनन्


September 13, 2024
1.7k
Shares

काठमाडौं, २८ भाद्र । भोटेकोशीमा शुक्रबार विहान खसेको बोलेरो जीप भेटिएको छ । जीप खसेको ७ घन्टापछि साँझ भेटिएको हो ।

बाह्रबिसे तातोपानी सडकखण्डको छ्याक्सा भन्ने स्थानमा जीप क्षतिग्रस्त अवस्थामा भेटिएको हो । बसका चालक र महिला यात्रु वेपत्ता छन् ।

चालक ३८ वर्षीय सानु शेर्पा र यात्रु ३५ वर्षीया सुन्तली तामाङलाई फोन गर्दा सम्पर्क हुन नसकेपछि प्रहरीले खोजी गर्दा जीप खसेको पत्ता लागेको हो । त्यसपछि खोजीका क्रममा फेला परेको हो ।

प्रतिक्रिया